घटेको मूल्य कार्यान्वयन नगर्ने ग्यास विक्रेतालाई कारबाही गर्ने निगमको चेतावनी | Khabarhub Khabarhub

घटेको मूल्य कार्यान्वयन नगर्ने ग्यास विक्रेतालाई कारबाही गर्ने निगमको चेतावनी


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमले ग्यासमा घटाएको मूल्य कार्यान्वयन नगर्ने ग्यास विक्रेता व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

गत असोज ३ गते निगमले ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ घटाए पनि कार्यान्वयन नभएको पाइएपछि निगमले यस्तो चेतावनी दिएको हो ।

आयल निगमको टोलीले सोमबार विज्ञप्ति जारी गर्दै बजार अनुगमनका क्रममा एल पी ग्यास उद्योगीहरुले विक्रेतामार्फत ग्यास विक्री वितरण गराउँदमा घटेको मूल्यमा बिक्री नगरेको हुँदा नयाँ मूल्य कार्यन्वयन गर्न सूचित गरेको छ ।

यदि कार्यन्वयन नगरे तथा गुनासो आएमा कानून बमोजिम कडा कारबाही गरिने निगमले चेतावनी दिएको छ ।

काठमाडौं उपत्यका लगायत अन्य पहाडी क्षेत्रमा नयाँ खुद्रा विक्री मूल्य ग्यास प्रति सिलिण्डर १३ सय ५० तथा दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा १३ सय १५ रुपैयाँ तोकिएको छ । त्यसैगरी अन्य तराईका जिल्ला १३ सय ३० तोकिएको छ ।

विज्ञप्ति यस्तो छ

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ८ : २४ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश