२९ सडक बालबालिकाको उद्धार | Khabarhub Khabarhub

२९ सडक बालबालिकाको उद्धार


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालबालिका खोजतलास समन्वय केन्द्रले राजधानीको विभिन्न स्थानका सडकबाट २९ बालबालिकाको उद्धार गरेको छ ।

भृकुटीमण्डपस्थित केन्द्रबाट खटिएको टोलीले ती बालबालिकाको उद्धार गरेको हो । उद्धार गरिएका बालबालिकाहरुलाई आश्रयका लागि पुनःस्थापना गृहमा पठाइएको छ ।

टोलीले पशुपति क्षेत्र, रत्नपार्क, ठमेल, दरबारमार्ग, सोह्रखुट्टे, नयाँ बसपार्क, सामाखुशी र बालाजु क्षेत्रबाट १७ बालक र १२ बालिकाको उद्धार गरिएको प्रहरी निरीक्षक मोहनविक्रम दाहालले जानकारी दिए ।

दिउँसो सडकमा बालबालिका नभेटिने र रातभर सडकमै बसेर दुर्व्यसनमा संलग्न हुने गरेकाले राति ८ बजेदेखि बिहान ३ बजेसम्म खोजतलास गरेको उनले बताए ।

उनीहरुलाई सडक बालबालिका पुनःस्थापनाका लागि ‘सोभर रिकभरी एण्ड ट्रिटमेन्ट सेन्टर’ आरुबारीको जिम्मा लगाइएको केन्द्रले जनाएको छ ।

तीन बालबालिका दुर्व्यसनमा संलग्न रहेको भेटिएकाले प्रहरीले थप अनुसन्धानका लागि लगेको सेन्टरका संस्थापक छिरिङ वाङ्दुले बताए । उक्त सेन्टरमा पुनःस्थापनाका लागि हाल ६० बालबालिका राखिएको उनले बताए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  १० : ०१ बजे

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ