दोस्रो संस्करणको पीपीएल कार्तिक अन्तिम साताबाट हुने | Khabarhub Khabarhub

दोस्रो संस्करणको पीपीएल कार्तिक अन्तिम साताबाट हुने


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) कार्तिक अन्तिम साताबाट सुरु हुने भएको छ ।

आयोजक क्वीन्स इभेन्ट मेनेजमेन्टले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पीएपीएल कार्तिक २६ देखि मंसिर ७ गतेसम्म आयोजना हुने गरी मिति घोषणा गरेको हो ।

प्रतियोगिता पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आयोजना हुनेछ । ‘पहिलो संस्करणको सफलताले दोस्रो संस्करण आयोजना गर्न प्रेरणा मिलेको छ,’ क्वीन्स इभेन्ट मेनेजमेन्टका कार्यकारी निर्देशक छुम्बी लामाले हस्ताक्षेर गरेको विज्ञप्तिमा उल्लेख छ ।

यतिबेला राष्ट्रिय क्रिकेट टोलीका ३५ जना खेलाडी १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको बन्द प्रशिक्षणमा रहेका छन् ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई फ्रेन्चाईज लिग खेल्नका लागि खुला गर्ने वा नगर्नेबारे मुख्य प्रशिक्षक र कप्तानसँग छलफल भइरहेको कार्यकारी निर्देशक लामाले बताएका छन् ।

लामाले अहिले पोखरा क्रिकेट मैदानको मर्मत कार्य भइरहेको बताएका छन् । सागमा महिला क्रिकेट पोखरामा हुने बताइएको छ भने अहिले मैदान निर्माणको काम भइरहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ५ : ४० बजे

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित

काठमाडौं- नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ ।

ऊर्जाविद् डा.मुकेश काफ्लेको ठहर– ‘नेपालमा औद्योगिक लगानीको वातावरण छैन’

तेस्रो लगानी सम्मेलन सकिएको छ । विगतमा भएका दुई वटा

सशस्त्रका १६ डीआईजी र १८ एसएसपीको एकसाथ सरुवा

काठमाडौं- सशस्त्र प्रहरी बलका १६ जना डीआईजी र १८ जना

व्यापार-व्यवसाय फस्टाएमात्र श्रमअधिकार स्थापित हुन्छ : मुख्यमन्त्री अधिकारी

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्योग तथा व्यापार व्यवसाय

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो !

खोटाङ– तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने