रोजगारीका लागि कतार पुगेका नेपाली श्रमिकले अब दुःख पाउँदैनन्– राजदूत भारद्वाज | Khabarhub Khabarhub

रोजगारीका लागि कतार पुगेका नेपाली श्रमिकले अब दुःख पाउँदैनन्– राजदूत भारद्वाज


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतार रोजगारी र अन्य पेशामा संलग्न नेपाली नागरिकको हक, अधिकार रक्षाका लागि सरकारले पहल कदमी गदै आएको छ । कतार र नेपाल सरकारबीच श्रम सम्झौता नवीकरण गर्ने विषयमा छलफल तथा तयारी भइरहेको छ । अहिले नेपालबाट कतारका राजदूतका रुपमा नारद भारद्वाज वाग्ले नियुक्त भएका छन् ।

उनले नेपाल र कतारको सम्बन्धविस्तारसँगै नेपाली श्रमिकको हक, अधिकार स्थापित गर्दै सम्मानित रोजगारीको वातावरण निर्माण गर्ने पहल गर्ने बताएका छन् । कतार जानुअघि उनले आफू राजदूत हुँदा गर्ने काम र योजनाको बारेमा खबरहवसँग कुराकानी गरेका छन् ।

कुराकानीका क्रममा नवनियुक्त राजदूत भारद्वाजले कतारसँग श्रमिकका विषयसँगै विकास र लगानी भित्राउन साझेदारी गर्नुपर्ने जनाए ।

पछिल्लो समय एनओसी भिसाका नाममा कतार जाने नेपाली अलपत्र पर्ने गरेको समस्यालाई मध्येनजर गर्दै काम गर्ने उनको धारण रहेको छ । राजदूत वाग्लले नेपाली श्रमिकका लागि गर्ने काम र उनका भावी योजनाका विषयमा खबरहवकर्मी रमेश भारतीले गरेको कुराकानीको सम्पादित अंशः

कतारका लागि राजदूत भएर जाँदै हुनुहुन्छ । कस्तो काम गर्ने योजना बनाउनु भएको छ ?

सरकारले मलाई कतारका लागि राजदूत बनाएर पठायो । यो ठूलो जिम्मेवारी हो । कुटनीतिज्ञ भएर काम गर्नुपर्छ । कतार नेपाली श्रमिकको रोजगार गन्तव्य देशभित्र पर्छ । समस्या कस्ता छन्, पहिचान गरेर काम गर्ने प्रयास गर्छु । कतारसँग भएका पुराना सम्झौतालाई अध्ययन गरेर काम गर्नुपर्ने हुन्छ । कतारसँग नेपालको धेरै विषयमा सम्बन्ध निकट छ । विगतका सम्बन्धसँग जोडर अझ मजवुत बनाएर लैजाने कोशिस म गर्नेछु ।

कतारमा रहेका नेपालीका समस्यालाई कसरी अध्ययन गर्नुभएको छ । सम्बोधन गर्नेका लागि कस्तो योजना बनाउनु भएको छ ?

कतार नेपाली युवाको मुख्य रोजगार गन्तन्य मानिन्छ । यहाँ वार्षिक १ लाख युवा रोजगारीको खोजीमा पुग्ने गरेका छन् । कतारमा रोजगारीका लागि जाने र उत्तै कार्यरत नेपाली श्रमिकको हकहितसँग संरक्षण गर्ने दायित्व दूतावासको हो ।

त्यसको प्रतिनिधित्व गरेपछि समग्र विषयलाई समेटेर काम गर्नुपर्ने जिम्मेवारी हुन्छ । कतारले विदेशी श्रमिकका हकमा सेवा सुविधा व्यवस्थीत गरिरहेको छ । कतारमा कार्यरत विदेशी कामदारलाई त्यहाँको सरकारले तलब बैंकमार्फत दिने र महिनाको ७ तारिखभन्दा ढिलो हुनेगरि तलब भुक्तानीको व्यवस्था गरेको छ ।

कतार सरकारले विदेशी कामदारका हकमा आफना नियम परिवर्तन गरेर सुविधा बढाइरहेको छ । नेपाली नियोगले समन्वयनको काम मात्र गर्ने हो । कतारमा विभिन्न पेशा व्यवसाय गरेर बसेका नेपालीसँग छलफल गरेर नेपालमा लगानी भित्राउन प्रयास दूतावासको हुनेछ ।

दूतावासले अवैधानिक रुपमा बसेर काम गरिरहेका महिला तथा पुरुष कामदारको तंथ्याक संकलन गर्न प्रयास गर्नेछ । त्यसपछि अवैध रुपमा काम गरिरहेका नेपाली कामदारलाई स्वदेश फकाउन दूतावासको पहल हुने छ ।

श्रम अवधि सकिएपनि कतारमा काम गरेर बसिरहेका कामदारका लागि विशेष मौकाका लागि पहल गरेर भएपछि समस्याको समाधान खोजिने छ । कतारमा करिब ५ लाख नेपाली रोजगारीका कार्यरत रहेका अनुमान छ ।

कतारसँग नेपालले कस्ता व्यापार र व्यवसायमा सहकार्य गर्न सक्छ ?

नेपालबाट कृषिको सामाग्री आयत गर्ने सम्भावना पनि प्रबल छ । नेपालबाट कतार सरकारले खानेपानी लैजानका लागि पहल गरिरहेको छ ।

खानेपानी सप्लाई गर्ने विषयमा सम्बन्धी निकायसँग नेपालमा रहेको कतारी कुटनीतिक नियोगमार्फत छलफल पनि भइरहेको जानकारी पाएको छु । कतारमा नेपालीले विभिन्न क्षेत्रमा व्यवसाय र अन्य पेशा गरेर बसिरहेका छन् ।

उनीहरुममार्फत नेपालमा उत्पादन भएका विभिन्न प्रकारका सरसामान कतार निर्यात गर्न सकिन्छ । कतार श्रमबाट समृद्ध भएको देश हो, यहाँ नेपाली उत्पादन बेचेर नेपाललाई पनि समृद्ध बनाउनुपर्छ ।

दुई राष्ट्रबीच अरु विषयमा पनि साझेदारी गर्न सकिन्छ । नेपालले धेरै कुरामा सहकार्य गरेर काम गर्नसक्ने सम्भावना देख्छु ।

कतारसँग नेपाल सरकारले ठूलो व्यापार गर्न सक्ने सम्भावना छन् । अब नेपालले श्रमिक आपूर्तिका लागि मात्र होइन । व्यापार र लगानीका लागि दोहोरो पहल गर्नुपर्छ । कतारसँग श्रमिक आपूर्ति मात्र ठूलो विषय होइन ।

विकास, लगानी, कृषि र अन्य क्षेत्रमा लगानीका लागि वातावरण निर्माण गरेर पहल गर्नुपर्छ । पर्यटन वर्ष सन् २०२० मनाउनका लागि पनि कतारमा प्रचारत्मक कार्यक्रम दूतावासले गर्ने छ । कतारी नागरिकलाई नेपाल घुम्ने वातावरण निर्माणका लागि दूतावासले जोड गर्नेछ ।

कतार सरकारसँग श्रम सम्झौता पनि नवीकरण हुँदैछ ? दूतावासको भूमिका कस्तो हुन्छ ?

नेपाल सरकारले सन् २००५ कतारसँग नेपाली श्रमिक आपूर्ति गर्ने विषयमा श्रम सम्झौतामा हस्ताक्षर गरेको थियो । त्यसपछि श्रम सम्झौता नवीकरण गर्ने विषयमा हाल छलफल भइरहेको छ ।

श्रम सम्झौताका लागि नेपाल सरकारले तोकेको कानूनी दायराभित्र बसेर दूतावासका तर्फबाट श्रम सम्झौताका लागि विषेश पहल र छलफल हुन्छ ।

सरकारले खाडीका देश र मलेसिया जाने नेपाली श्रमिकका हकमा फ्रि भिसा र फ्रि टिकट लागू गरेको छ । सोहीअनुसार नै श्रम सम्झौताका लागि दूतावासले कतारको सम्बन्धित निकायसँग छलफल चलाइने छ ।

नेपाली कामदारलाई निःशूल्क कतार रोजगारीका लागि पठाउने वातावरणको निर्माण दूतावासले बनाउने छ । दूतावासले नेपाल र कतारमा दुई सरकारलाई जोडने पुलको काम गर्नेछ । अब कतार रोजगारीका लागि पुगेका श्रमिकले दुःख पाउँदैनन् ।

दूतावासले पीडित श्रमिकका समस्या सुनुवाईमा खासै ध्यान दिँदैन भन्ने आरोप लाग्दै आएको छ ? तपाईं हुँदा कस्तो सम्बोधन हुन्छ ?

विगतका दिनमा कस्ता समस्या थिए त्यहाँ गएपछि अध्ययन गरेर थाहा हुन्छ । म विगतका समस्याातिर जाँदिन समस्याको जड पत्ता लगाएर काम गर्ने प्रयास गर्छु ।

अब नेपाली श्रमिक कार्यरत रोजगारदाता कम्पनीमा दूतावासको उपस्थिति हुन्छ । ढुक्क भए हुन्छ, नेपाली श्रमिक कार्यरत कम्पनीमा राजदूतसहित दूतावासका कर्मचारी केही समस्या भए आउछन् ।

नेपाली कामदारलाई केही समस्या भए अन्तर्राष्ट्रिय श्रमिक सगठन (आइएलो) को कानुनी प्रक्रियाअनुसार कतारको सम्बन्धीत निकायको सहकार्य गरेर उद्धारका लागि पहल गरिने छ । कतारमा रहेको नेपाली दूतावासका तर्फबाट पाउने सवै सुविधा र सेवा श्रमिकलाई दिन कुनै कन्जुस्याँइ हुने छैन ।

धेरै नेपालीले कतारका जेलबाट उद्धारको अपिल गर्दै आएका छन् । यी समस्यामा कसरी केन्द्रीत भएर काम गर्नुहुन्छ ?

कतारी जेलमा रहेका नेपाली श्रकिमका बारेमा पहिला अध्ययन गर्छु, यो विषयमा सत्यतथ्य नबुझी बोल्नु मैले उपयुक्त ठानिन । उनीहरुलाई जेलमुक्त गराउन गर्नुपर्ने कुटनीतिक पहल मैले कार्यभार सम्हालेदेखि नै प्रयास रहने छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगतको वैदेशिक रोजगार प्रवद्र्धन सचिवलयले २ वर्षदेखि विदेशमा कैदी जीवन बिताइरहेका कामदारलाई कानुनी परामर्शका लागि पहल र उद्धारका लागि काम गदै आएको छ ।

जसअनुसार कानुनी परामर्शमार्फत् जेल जीवन बिताइरहेका कामदारको उद्धार गर्न सहयोग पुग्ने बोर्डको कामलाई अझ फरकिलो दायराबाट गर्ने प्रयास दूतवासका तर्फबाट हुने छ ।

यो समस्याको चाँडै समाधान हुनेछ । जेलमा रहेका कामदारको अवस्थाका बारेमा नेपाल सरकारको प्रतिनिधि भएका कारण दूतावासले बुझ्ने छ ।

धेरै नेपाली कामदारले त्यहाँको कानुन विपरित काम गरेको, नियमहरु नमानेको, अरुको उक्सावटमा लागेर झैझगडा गर्दा जेल परेका घटना छन् भन्ने सुनेको छु । यस्ता प्रक्रियागत ढंगबाट समाधानको कोशिस हुनेछ ।

अन्त्यमा कतारमा रहेका सवै नेपाली कतारी कानुनमा रहे रोजगार र पेशा व्यवसाय गर्ने अनुरोध गर्छु ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  २ : ११ बजे

परिषद्को संरचनागत सुधार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल

ऊर्जा विकासमा १२ वर्षभित्र ६१ खर्ब रुपैयाँ आवश्यक, लगानी कसरी जुटाउने ?

काठमाडौं । नेपालले सन्‌ २०३५ भित्र कम्तिमा २८ हजार ५००

नेपालले दोस्रो विकेट गुमायो, कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले दोस्रो विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल

बझाङमा ४० प्रतिशत मतदान  

बझाङ– बझाङमा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन

मणिपुरमा चरमपन्थीको आक्रमणबाट दुई प्रहरीको मृत्यु

काठमाडौं– भारको मणिपुरको विष्णुपुर जिल्लामा संदिग्ध कुकी चरमपन्थीहरूले गरेको आक्रमणमा केन्द्रीय