बन्यो चराका लागी सुविधायुक्त फ्ल्याट | Khabarhub Khabarhub

बन्यो चराका लागी सुविधायुक्त फ्ल्याट


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्राणीमा सबैभन्दा बुद्धिमानी मानिने मानिस आफ्नो वासस्थान निर्माणका लागी लाखौं करौडौं रकम खर्चन्छन् ।

वासस्थान निर्माणमा समय र जानकारी अभाव हुनेहरुका लागी बिभिन्न ब्यापारीक संस्थाहरुले हाउजिगं तथा फ्ल्याट निर्माण गरेर बेच्ने गरेका छन् । तर के तपाईले कहिल्यै कुनै जिवजन्तु वा पंक्षीका लागी फ्ल्याट बनाइएको सुन्नुभएको छ ? पक्कै छैन होला ।

किनकी पशुपन्छिहरु जंगल वा पायक परेको स्थानमा आफ्नो वासस्थान आफै बनाउछन् । तर उनीहरुले बनाएका वासस्थान कतिपय हावाहुरी तथा बर्षातले भत्काइदिन्छ ।

चराचुरुगींको यहि समस्यालाई मध्य नजर गर्दै भारतको गाजियाबादमा पहिलो पटक बर्ड फ्ल्याट निर्माण गरीएको छ ।

गाजियाबाद विकास प्राधिकरणको पहलमा निर्माण गरीएको स्थानीय जीडीए उपाध्यक्षको आवासमा मानिसका लागी बनाइने फ्याल्ट झै तलातलामा पक्षिंका लागी बर्ड फ्ल्याट निर्माण भएको छ ।

उक्त फ्ल्याटमा कुनै पनी पंक्षीले गुड लगाइरहनु पर्दैन बरु उक्त फ्ल्याटको भ्रमण गरी पायक परेको कोठालाई आफ्नो निजी गुडका रुपमा प्रयोग गर्न सक्नेछन् ।

गाजियाबादमा निर्माण भएको उक्त बर्ड फ्ल्याटमा ६० जोडी पंक्षीलाई सहज रुपमा बस्ने कोठा निर्माण गरीएको छ । २ महिना समय खर्चेर निर्माण सम्पन्न गरीएको उक्त फ्ल्याट निर्माणमा २ लाख भारतीय रुपैया लगानी गरीएको छ ।

करीब १५ फिट उचाइको उक्त फ्याल्ट एक फलामे पोलमा माथिबाट छाना हालेर निर्माण भएको छ । यतिमात्र होइन, बर्ड फ्ल्याट बस्ने पंक्षी का लागी पिउने पानीका साथै नुहाउने स्विमीङ पुल र बिहान बेलुका चारो ख्वाउने समेत ब्यवस्था छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  १२ : ४२ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर