‘नेपाल आइडल’का उत्कृष्ट ३ ले विश्व भ्रमण गर्ने | Khabarhub Khabarhub

‘नेपाल आइडल’का उत्कृष्ट ३ ले विश्व भ्रमण गर्ने


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृष्मा ब्रोडकास्टिङले ‘नेपाल आइडल सिजन ३’ का उत्कृष्ट तीनलाई विश्व भ्रमण गराउने अधिकार पाएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरियो ।

गृष्मा ब्रोडकास्टिङको तर्फबाट गृहेन्द्र घिमिरे र एपिवान एचडीको तर्फबाट जिएम लक्ष्मीप्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । अब उत्कृष्ट ३ को ग्राण्ड फिनाले पनि गृष्मा ब्रोडकास्टिङले नै गर्नेछ ।

गृष्मा ब्रोडकास्टिङका गृहेन्द्रले भने, ‘हामी अत्यन्त उत्साहित छौ कि हामी नेपाल आइडलसंग जोडिएका छौँ ।’ साथै उनले नेपाल आइडल सिजन ३ का उत्कृष्ट तीनलाई विदेशमा रहेका हरेक नेपालीमाझ पु¥याउने बताए ।

यो सम्झौतापछि एक वर्षसम्मको सम्पूर्ण दायित्व गृष्मा ब्रोडकास्टिङको हुनेछ । तेस्रो सिजनमा आइपुग्दा नेपाल आइडलको फिनालेसंगै टप ३ लाई गृष्मा ब्रोडकास्टिङलाई जिम्मा लगाउन पाउँदा आफुहरु खुशी लागेको एपीववानका जीएम लक्ष्मीप्रसाद पौडेलले बताए ।

गृष्मा ब्रोडकास्टिङले नेपालमा विभिन्न इभेन्ट गर्दै विदेशमा समेत इभेन्ट गर्दै आएको छ । पछिल्लो समय जापानमा ‘साकुरा नाइट’ सम्पन्न गरेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ११ : ३१ बजे

सप्तरीको चिम्टीमा भीषण आगलागी

राजविराज– सप्तरीको महादेवा गाउँपालिकामा  आज भीषण आगलागी भएको छ ।

कुवेतमा संखुवासभा समाज गठन

काठमाडौं– कुवेतमा संखुवासभा समाज गठन गरिएको छ । ‘अनेकतामा एकता

आफ्नै सन्तानको हत्या आरोपमा आमा पक्राउ

उर्लाबारी– मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक

जाँगरिली दिलकुमारी : मकै पोलेको कमाइले छोरी युरोप पठाइन्

सिन्धुलीकी दिलकुमारी माझी (४५) ले मकै काठमाडौंमा मकै पोल्न थालेको

नेपाल र भारतका निजी क्षेत्रबीच बैठक, सहकार्यका सम्भावना खोजी

काठमाडौं – भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग