खानेकुरा फाल्ने गर्नुभएको छ ? नगर्नुस् त्यस्तो गल्ती | Khabarhub Khabarhub

खानेकुरा फाल्ने गर्नुभएको छ ? नगर्नुस् त्यस्तो गल्ती


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

खाना बाच्नका लागि खाइन्छ, शोख पुरा गर्न होइन । तर आजकल खाना भोकसंग भन्दा पनि शोख पुरा गर्ने माध्यम बनेको छ ।

नेपाल भोकमरी देशको सूचीमा नपरे पनि हजारौ नेपालीहरु दैनिक भोकै सुत्न बाध्य छन् । आर्थिक अवस्था कमजोर भएकाहरु मात्र होइन, खानाको अभावमा मानिसहरु भोकै हुने गरेका छन् ।

जसको कारण तयारी खाना धेरै भएर त्यसको नष्ट हुनु वा फ्याकिनु हो । बिभिन्न भोजभत्तेर वा दैनिक रुपमा हामीले घरमा पकाएको खानाको बचत गर्न नसक्दा नखाएको खाना नष्ट भएर जाने गर्दछ ।

तर हामीले फ्याकिएर नष्ट हुने खाना बचाउन सक्यौ भने त्यसले हामी स्वयम्लाई आर्थिक लाभ गर्ने त छदै छ, अरु ब्यक्तिको समेत खाना खोसिदैन । आखिर खाना फ्याकिनबाट कसरी बचाउने त ?

खाना बचाउने १० उपाय

१. एकै साथ धेरै मात्रामा खाद्य सामाग्री नकिन्नुहोस् ।
२. खाना बनाउनु अघि कसले कति खाने हो, सोधेर बनाउनुहोस् ।
३. यदि खाना उब्रिएको छ भने त्यसलाई उपयोग गर्ने अवस्थासम्म प्रयोग गर्नुहोस् ।
४. खाना ठिक्क वा बरु कम कम खाने बानी बसाउनुहोस् । अपच हुने गरी नखानुहोस् ।
५. खाना बनाउनु अघि बचेको खाना छ भने त्यसलाई अड्कलेर मात्र अर्काे खाना बनाउनुहोस् ।
६. जहिले पनि खाना खादाँ यसको मुल्य होइन, मात्रालाई ध्यान दिने गर्नहोस् ।
७. खाद्य सामाग्रि किन्नु अघि लेखेर लिष्ट बनाएर किन्ने गर्नुहोस् ।
८. छिटो बिग्रने सामाग्री चाहिदो मात्रामा किन्ने बानि बसाउनु होस् ।
९. चामल, पिठो लगायतका सुख्खा सामाग्री हावा लिक नहुने डब्बा वा बोरामा राख्नुहोस् ।
१०. फलफुल, हरीयो साग, तरकारी, माछामासु प्रयोग नहुने अवस्थामा फ्रिजमा राख्नुहोस् ।

वल्र्ड इकोनोमिक फोरमका अनुसार विश्वमा खाद्य उत्पादनको समस्या भन्दा खाद्य सामाग्री नष्ट वा फ्याकिने समस्याका कारण यसको अभाव हुने गरेको जनाएको छ ।

नेपालका होटल, पार्टि प्यालेस, भोजभत्तेर लगायतमा नष्ट हुने खाद्य सामाग्रीको बचत हुने हो भने धेरै नेपालीले भोकै सुत्नुपर्ने अवस्थाको अन्त्य हुने छ । त्यसो भए आजबाट तपाई खाना फ्याक्ने बानीमा सुधार गर्नुहुन्छ त ? कोशिस गर्नुस् किनकी तपाईले खाना नफ्याक्दा त्यसले अरु कसैको पेट भर्न सक्छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ८ : ३४ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश