ट्रम्पको प्रसंशा गर्दै मोदीले भने, ‘अबकी बार फिर ट्रम्पकी सरकार’ | Khabarhub Khabarhub

ट्रम्पको प्रसंशा गर्दै मोदीले भने, ‘अबकी बार फिर ट्रम्पकी सरकार’


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गर्दे उनका लागि आगामी चुनावको नारा तय गरेका छन् ।

अमेरिकी चुनावको पूर्वसन्ध्यामा उनले भारतीय चुनावमा समेत आफ्ना पक्षमा प्रयोग भएको नारालाई नै अमेरिकी राष्ट्रपति ट्रम्पका लागि सार्वजनिक गरेका हुन् ।

उनले‘अबकी बार फिर ट्रम्पकी सरकार’ नारा अमेरिका पुगेर सार्वजनिक गरे ।

टेक्सासको ह्युस्टनमा भएको कार्यक्रममा प्रधानमन्त्री मोदीले भारतको राम्रो साथीको रुपमा आफूले ट्रम्पलाई पाएको बताएका थिए । २०१७ मा आफूलाई ट्रम्पले परिवारका सदस्य चिनाएको स्मरण गराउँदै मोदीले आज आफूले अमेरिकाको ह्युस्टनमा आफ्नो भारतीय परिवारलाई ट्रम्पसमक्ष चिनाउन पाउँदा खुसी लागेको बताए ।

ट्रम्पले पनि ५० हजार भन्दा बढी संख्यामा उपस्थित भारतीय अमेरिकीहरुप्रति धन्यवाद व्यक्त गरे । भारतीय प्रवासीप्रति गर्व रहेको उल्लेख गर्दै ट्रम्पले अमेरिकालाई बलियो बनाउन भारतीय आप्रवासीहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

ट्रम्पले दुई देशबीचको साझा सपना र उज्वल भविष्यका लागि सहकार्य गर्न आफू उत्साहित रहेको बताए । उनले सीमा सुरक्षा तथा मुस्लिम आतंकवादविरुद्ध संयुक्त रुपमा लड्ने प्रतिवद्धता जनाए ।

ट्रम्पलाई मन्तव्यका लागि बोलाउँदा अंग्रेजीमा बोलेका मोदीले आफ्नो मन्तव्य राख्ने क्रममा भने हिन्दीमा राखेका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ७ : २३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र