आज १० अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक | Khabarhub Khabarhub

आज १० अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले सोमबार रु १० अर्ब ३३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले आइतवार एक सूचनामार्फत बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।

बैंकका अनुसार ९१ दिने अवधिका लागि रु चार अर्ब तीन करोड बराबरको ट्रेजरी बिल बिक्री गरिनेछ ।

उक्त बिल आगामी पुस ८ गते परिपक्व हुनेछ । यस्तै १८२ दिनका लागि रु चार अर्ब ३० करोड बराबरको ट्रेजरी बिल बिक्री गरिनेछ ।

सो बिल आगामी चैत ११ गते परिपक्व हुनेछ । ३६४ दिने अवधिका लागि रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुनेछ । त्यसको परिपक्व हुने अवधि आगामी असोज ६ गते रहेको छ । बैंकले यसअघि गत भदौ ३० गते ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ७ : ०९ बजे

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल