घरेलु मैदानमा लिभरपुलसँग हार्‍यो चेल्सी | Khabarhub Khabarhub

घरेलु मैदानमा लिभरपुलसँग हार्‍यो चेल्सी


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा अन्तर्गत गएराति भएको खेलमा लिभरपुलसँग लण्डन क्लब चेल्सी पराजित भएको छ ।

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा लिभरपुलले २–१ को जित निकालेको हो ।

खेलको १४ औ मिनेटमा लिभरपुलले अलेक्जेण्डर अर्नोल्डको फ्रिकिक गोलबाट खेलमा अग्रता लिएको थियो । रोबर्टो फिर्मिन्होले ३० औ मिनेटमा हेड गोलमार्फत लिभरपुलको अग्रतालाई दोब्बर बनाएका थिए ।

खेलको ७१ औ मिनेटमा एन्टोनी कोन्टेले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर थप गोल हुन नसकेपछि लिभरपुलले खेल आफ्नो पक्षमा पार्‍यो ।

चेल्सीविरुद्ध जित निकाल्दै लिभरपुल तालिकाको शीर्ष स्थानमा यथावत रहन सफल भएको छ ।

लिभरपुलको ६ खेलबाट १८ अंक भएको छ । चेल्सी ८ अंक सहित तालिकाको ११ औ स्थानमा छ ।

जितपछि लिभरपुलले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसंग ५ अंक र चेल्सीसंग १० अंकको अग्रता बनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ६ : ४३ बजे

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको