गन्तव्य भियतनाम:  किम जोङ उनको दुई दिने रेल यात्रा शुरु | Khabarhub Khabarhub

गन्तव्य भियतनाम:  किम जोङ उनको दुई दिने रेल यात्रा शुरु


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दोश्रो शिखर वार्ता गर्नका लागि भियतनाम भ्रमणमा जान रेलयात्रा शुरु गरेका छन् ।

रुसी समाचार संस्था तासले जनाएअनुसार सर्वोच्च नेता किमले शनिबार स्थानीय अनुसार बेलुकी ५ बजे भियतनाम जानका लागि राजधानी प्योङयाङबाट उच्च सुरक्षासहितको रेल चढेका हुन् । उनी चीनको बाटो भएर भियतनाम जाने जनाइएको छ ।

उनी दुई दिनको भ्रमणपछि भियतनाम पुग्नेछन् । उनले त्यहाँ आगामी २७ र २८ फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्ता गर्ने कार्यक्रम छ ।

त्यसअघि भियतनामको विदेश मन्त्रालयले उत्तर कोरियाली सर्वोच्च नेता भियतनाम आउन लागेको औपचारिक घोषणा गरेको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ८ : १९ बजे

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको