डीपीएलको उपाधि कस्को पोल्टामा, महेन्द्रनगर कि अत्तरिया ? | Khabarhub Khabarhub

डीपीएलको उपाधि कस्को पोल्टामा, महेन्द्रनगर कि अत्तरिया ?


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको फाइनल खेलमा शनिबार (आज) हुँदैछ । उपाधिका लागि महेन्द्रनगर युनाइटेड र सिवाईसी अत्तरिया भिड्दैछन् ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा खेल १२: ३० मा शुरु हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई स्टार खेलाडीले नेतृत्व गरेका टोली महेन्द्रनगर युनाइटेड र सिवाईसी अत्तरियाबीचको खेलमा दुवै खेलाडीको परीक्षाका रुपमा पनि हेरिएको छ ।

महेन्द्रनगरको कप्तानी राष्ट्रिय टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले गरिरहेका छन् भने अत्तरियाको नेतृत्व युवा स्टार दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन् ।

खेल अघि शुक्रबार भएको पोष्ट म्याच कन्फ्रेरेन्समा दुवै कप्तानले आ—आफूले उपाधि उचाल्ने ‘दाबी’ गरेका थिए । सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिगको विजेताले ३० लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले १२ लाख प्राप्त गर्नेछ ।

डीपीएलको पहिलो र दोस्रो संस्करणको विजेता टोली धनगढी टिम चौराहका कप्तान सोमपाल कामीले नेतृत्व गरेको नयाँ घरेलु टोली धनगढी स्टार्स यो सिजनको लिग चरणबाटै बाहिरिएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  १० : २७ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश