काठमाडौंमा गौरा पर्वको रौनक (फोटोफिचर) | Khabarhub Khabarhub

काठमाडौंमा गौरा पर्वको रौनक (फोटोफिचर)


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली प्रदेशको प्रमुख चाडका रुपमा रहेको गौरा पर्व (गोरा पर्व)को मुख्य दिन शुक्रबार दूर्वाष्टमी अर्थात् अठ्यावली पर्व मनाइँदै छ ।

अघिल्लो दिन (बिहीबार) गौराघरमा भित्र्याएको गौरालाई आज बाहिर गोराखलो (आँगन)मा ल्याएर पूजा गरिन्छ । पूजा गरेपछि गौरालाई पुनः गोराघरमा भित्र्याइन्छ ।

अठ्यावलीका दिन भगवन शिव (महेश्वर)लाई पतिका रुपमा पाउनका लागि माता पार्वती (गौरा)ले गरेको तपस्याबारे वर्णन गरिन्छ । अठ्यावलीका रुपमा भगवान शिव र पार्वतीको गाथा गाइन्छ । भगवान् शिवप्रति पार्वतीको प्रेमकथालाई लयात्मक ढंगले प्रस्तुत गर्ने गरिन्छ । जसलाई अठ्यावली सुनाउने भनिन्छ ।

शुक्रबार सुदूरपश्चिम तथा कर्णालीसँगै संघीय राजधानी काठमाडौंमा पनि गौरा पर्व मनाइएको छ ।

राजधानी काठमाडौंमा रहेका सुदूरपश्चिम तथा कर्णालीबासीहरुले काठमाडौंस्थित टुँडिखेलमा गौरा पर्व मनाएका हुन् ।

गौरा पर्वको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

गौरामा महिलाहरुले अठ्यावली गाएजस्तै पुरुषहरुले चैत र धुमारी गाउने गर्छन् । यस्तो चैत धमारीहरु भगवान शिव, पार्वती, कृष्ण लगायतको गाथामा आधारित हुन्छ ।

गौरा पर्वमा सुदूरपश्चिम तथा कर्णालीको मौलिक लोक भाका एवम् नृत्य देउडा खेल्ने गरिन्छ । राजधानी काठमाडौंमा रहेका सुदूरपश्चिमेलीहरुले पनि टुँडिखेलमा देउडा खेलेका छन् ।

 


तस्वीर- अदीप श्रेष्ठ

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ५ : ४८ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने