के रोनाल्डो सन्न्यास लिने उपयुक्त समय कुरिरहेका छन् ? | Khabarhub Khabarhub

के रोनाल्डो सन्न्यास लिने उपयुक्त समय कुरिरहेका छन् ?


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोर्चुगलका तथा युभेन्ट्सका स्टार क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले २१ औं शताब्दीको शुरुवातदेखि अहिलेसम्मको विश्व फुटबललाई आफ्नो बरीपरि नै राख्न सफल भए । यी दुई खेलाडीले जति प्रशंसक र समर्थक पाएका छन् त्यो अब यसपछि आउने खेलाडीले सायदै पाउनेछन् ।

यी दुई स्टारले आफ्नो देशभन्दा पनि क्लबमा देखाएको प्रदर्शनले बढी चर्चा पाए । रोनाल्डोले स्पेनिस क्लब  रियल मड्रिडमा रहेर आफूलाई सफल खेलाडीका रुपमा स्थापित गरे भने मेस्सीले स्पेनकै अर्को क्लब बार्सिलोनामा रहेर उत्कृष्ट प्रदर्शन देखाउँदै समर्थक कमाए ।

अझै भनौं यी दुई खेलाडीको क्लब फुटबल यात्रा पनि सँगसँगै शुरु भयो । रोाल्डोले सन् २००३ मा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट डेब्यु गर्दा मेस्सीले सन् २००४ मा बार्सिलोनाबाट क्लब फुटबलमा डेब्यु गरेका थिए ।

सक्रिय खेलाडीहरुमा सबैभन्दा सफल खेलाडीहरुमा रोनाल्डो र मेस्सीकै नाम शीर्ष स्थानमा आउँछ । तर, यी दुई मध्ये को खेलाडी बढी सफल भन्ने जवाफ भने अहिलेसम्म कसैले दिन सकेको छैन । तर, यीनका प्रशंसक आ–आफ्नै तर्क गर्दै एक अर्कालाई सफल र महान् खेलाडीको सज्ञा दिन्छन् ।

रोनाल्डो र मेस्सीले फिफाले प्रदान गर्ने सर्वोत्कृष्ट खेलाडीले पाउने ‘बालन डि अर’ अर्वाड समान ५–५ पटक जितेका छन् । तर, गोलमा भने मेस्सीभन्दा रोनाल्डो अगाडि रहेका छन् । जसमा उनले देश र क्लबबाट गरि ९सय ६२ गोल गरिसकेका छन् । यता, मेस्सीले ६सय७१ गोल गरेका छन् ।

सधै चर्चाको शिखरमा रहने यी खेलाडीमध्ये रोनाल्डोका लागि अब फुटबल जीवनबाट सन्यास कहिले लिने भन्ने प्रश्न बढी उठ्न थालेको छ । अहिले ३४ बर्ष पुगेका रोनाल्डो म्यान्चेस्टर युनाइटेड, रियल मड्रिड हुँदै इटालीयन क्लब युभेन्टस पुगिसकेका छन् ।

तर, उनको खेल कौसल र मैदानमा गोलका लागि दौडिने गतिमा कुनै कमी आएको छैन् । यसलाई उनी आफ्नो घमण्डका रुपमा पनि देखाउने गर्छन् । उनले बुधबार एक टेलिभिजनसँग बोल्दै भनेका छन्, म अर्को बर्ष पनि खेल जिवनबाट सन्यास लिन सक्छु र अझै लामो समय मैदानमा पनि रहन सक्छु ।

शुरुमा त रोनाल्डोले आफूले सन्यासबारे सोच्दै नसोचेको बताएका छन् । ‘मैले त्यो बारे सोचेकै छैन्,’ रोनाल्डोले टिभीआईसँग भने,‘हुनसक्छ म अर्को बर्ष नै खेल जीवनबाट सन्न्यास लिन सक्छु । तर, म ४०–४१ बर्षको उमेरसम्म पनि खेल्न सक्छु । मलाई थाहा छैन् ।’

रोनाल्डोले खेलाडीको सफलताको मापन गर्ने च्याम्पीयन्स लिग भएको र इंग्लिस, स्पानिस लिगबाट जितिसकेको बताए । पोर्चुगललाई युरोकपसमेत जिताएका रोनाल्डोले अब इटलीयन क्लबबाट च्याम्पियन्स लिगको ट्रफि उचालेसँगै सन्न्यासको घोषणा गर्न सक्ने कतिपयको आकलन रहेको छ । रोनाल्डोले पछिल्लो समय दिएको अन्तर्वार्ता पछि कतिपय खेल पण्डित र विश्लेषकले उनले सन्न्यासका लागि उपयुक्त समय कुरिरहेको बताएका छन् ।

रोनाल्डोले अहिलेसम्म पाँच वटा च्याम्पियन ट्रफि जितेका छन् । रियलबाट चारपटक च्याम्पियन्स लिगको उपाधि जित्दा इंग्लिस क्लव युनाइटेड बाट उनले एकपटक उपाधि जितेका छन् ।

४ बर्षका लागि युभेन्ट्स पुगेका रोनाल्डोले सिरी ए को नयाँ सिजन शुरु हुनै लाग्दा दिएको अभिव्यक्तिले उनका सिरी प्रशंसक सशंकित भएका छन् । तर, उनले भनेका छन्,‘म के सधै भन्दै आइरहेको छु भने त्यो क्षणको आनन्द लिन्छु । यो उपहार राम्रो छ र यसमा म सधै रमाउन चाहान्छु ।’

रोनाल्डोले आफ्नो खेल कौशल प्रति घमण्ड गर्दै भनेका छन् ‘यहाँ कोही खेलाडी छ जसले मेरो किर्तिमानी तोड्न सक्छ ? र अहिलेसम्म कुनै फुटबलरको किर्तिमानी मेरो जस्तौ छ ।’

त्यस्तै, रोनाल्डोले गएको बर्ष आफ्नो जिवनको सबैभन्दा नराम्रो बर्ष भएको बताएका छन् । २०१८ मा उनीमाथि एक अमेरिकी महिलाले बलात्कारको आरोप लगाएकी थिइन् । तर, पनि त्यो घटनामा प्रहरीले उजुरी अनुसार प्रमाण जुटाउन नसकेपछि त्यतिकैमा रोकिएको थियो ।

‘व्यक्तिगत रुपमा भन्नु पर्दा २०१८ मेरो लागि निकै नराम्रो बर्षका रुपमा वित्यो । कसैले पनि व्यक्तित्वमाथि प्रश्न गर्दा निकै चोट पुग्दो रहेछ । यसले सधै सताइरहेको छ,’ रोनाल्डोले भने,‘त्यो घटनाले खुल्ला रुपमा बोल्नै समस्या भइरहेको छ । जब कसैले व्यक्तित्वमाथि प्रश्न गर्छ भने त्यसले चोट पुग्दोरहेछ ।’

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १ : २३ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर