श्रीकृष्णका यी १० महत्त्वपूर्ण वचन अनुसरण गरे आउँदैन कहिल्यै दु:ख | Khabarhub Khabarhub

श्रीकृष्णका यी १० महत्त्वपूर्ण वचन अनुसरण गरे आउँदैन कहिल्यै दु:ख


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

भगवान नाम जप्दा मात्र पनि अनेकौं दुखःबाट मुक्ति पाउने धार्मिक विश्वास छ । श्रीकृष्णका अनमोल वचन तथा ज्ञानमा ध्यान दिएमा थकानयुक्त अफिस लाइफमा समेत उर्जा पाउन सक्नुहुन्छ । कृष्णका ति अनमोल वचनहरु के के छन् :

१. रीसमा नियन्त्रण

क्रोधबाट भ्रम पैदा हुन्छ । भ्रमले बुद्धि व्यग्र बनाउछ । जब बुद्धि व्यग्र हुन्छ तब तर्क नष्ट हुन्छन् । र जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुने गर्दछ । यदि त्यहि क्रोधलाई सकारात्मक शक्तिमा बदल्न सके त्यसको प्रयोग उपयोगि हुन्छ । जसलाई सफलता निश्चित छ ।

२. कर्ममा खुसि खोज

जो ब्यक्ति आफ्नो कर्ममा आनन्द खोज्दछ तबमात्र उसले पूर्णता पाउछ । र पूर्णता पाएको ब्यक्ति मात्र खुसि रहन सक्दछ । तसर्थ आफ्नो काममा लिन रही जसले आनन्द खोज्दछ उसले त्यहि मात्र खुसि प्राप्त गर्दछ ।

३. मनमा नियन्त्रण

यदि कोही ब्यक्ति आफ्नो मनलाई नियन्त्रित राख्न सक्दैन उसले हमेशा आफैमाथि हानी पुर्याउने काम गर्दछ । ब्यक्तिको मन नै ईश्वर प्राप्तिको मार्ग भएकाले यसलाई नियन्त्रण गर्न आवश्यक छ । यदि कोही ब्यक्ति मनलाई नियन्त्रण गर्दैन भने उसले शत्रु समान कार्य गर्दछ ।

४. अनुशासनमा वस

ब्यक्तिको मनमा जम्मा सन्देहहरु आत्मज्ञानको माध्यमबाट मात्र काट्न सकिन्छ । त्यसैले आफ्नो हृदयमा रहेका अज्ञानका सन्देहहरु आत्मज्ञानको तलवारले काट्नु पर्दछ । र अनुशासनमा रहेर जाग्ने वा माथि उठ्ने प्रयाश गर्नुपर्दछ ।

५. यी काम मात्र गर

कर्ममा प्राप्तिका लागि मेहनत आवश्यक छ । मेहनत मात्र अधिक कर्मले सफल हुन्छ । जो ब्यक्तिले कार्यमा निष्क्रियता र निष्क्रियता पनि कार्य देख्दछ उहि मात्र एक बुद्धिमान व्यक्ति हुन्छ ।

६. हरेक कर्मको फल पाइन्छ

हरेक कर्मको फल पाउने निश्चित छ । फल प्राप्तिको समय केहि ढिलो वा समय ब्यत्तित भएपछि पाइन सकिन्छ । तर फल प्राप्ति निश्चित छ । हरेक जीवनमा न केहि गुम्छ न त केहि ब्यर्थ जान्छ । तसर्थ ब्यक्तिले बिना फल प्राप्तिको चिन्ता लिई आफ्नो काम ईमान्दारीका साथ गर्नुपर्दछ ।

७. अभ्यास आवश्यक छ 

बन्द कोठामा बसेर सफलताका लागी लगाइएको बुद्धि ब्यर्थ छ । मन चञ्चल, अशान्त र ब्याकुल हुन्छ । असफलता देख्नासाथ मन त्यस कर्म गर्न प्रेरीत रहदैन । तर त्यहि मन नियन्त्रित गरी लगातार अभ्यास गरेमा असफलता सफलतामा परीणत हुन्छ ।

८. दृढ विश्वास सफलताको कारक

व्यक्ति जे चाहान्छ, त्यहि बन्न सक्छ । तसर्थ लगन, निष्ठा र इमान्दारीताका साथ इच्छित बस्तुमा ध्यान लगाई एकाग्रका साथ कर्म गरेमा त्यो प्राप्ति निश्चित छ । मात्र कर्मको बेला दृढ विश्वास हुन जरुरी छ जो इच्छित वस्तुमा लगातार रहिरहोस् ।

९. तनाव कम गर

समय परीवर्तनशिल छ । लगातार असफलता वा एकै प्रकारको कामबाट ब्यक्ति दिक्क हुने गर्दछ । दैनिक जिवनमा आफ्नो काममा मानिसको ध्यान भट्किन सक्छ र उ तनावमा आउने गर्दछ । त्यो बेला आफ्नो कामलाई भन्दा तनावलाई परीवर्तन गर्न आवश्यक रहन्छ । तनाव भगाउन मात्र तिमि आफ्नो कामलाई प्रेम गर त्यस अलावा अरुको कुराको परवाह नगर ।

१०. आफ्नो काम पहिला गर

अरु कोहि ब्यक्तिको कामलाई पुर्णता दिनुभन्दा आफ्नो कामलाई पुर्ण गर्नु उत्तम रहन्छ । चिन्तनको माध्यमबाट आफ्नो कामलाई पहिलो प्राथमिकताका साथ गर्नुपर्दछ । अरुको काम पूर्णताका साथ गर्नुभन्दा आफ्नो काम अपूर्णताको साथ गरे पनि त्यो लाखौं गुणा उत्तम रहन्छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १२ : ४४ बजे

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको

लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिका : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार

डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

दोलखा– रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी– बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने