श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान पक्राउ ! | Khabarhub Khabarhub

श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान पक्राउ !


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर–आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आफू बिरामी हुँदा श्रीमानले बलात्कार गरेको जाहेरी श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान मोहन (नाम परिवर्तन)लाई बिहिबार पक्राउ गरेको हो ।

रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका जीतपुर बस्दै आएका ३० वर्षीय श्रीमान्ले २६ वर्षीया श्रीमतीलाई बलात्कार गरेको जाहेरी आएपछि श्रीमानलाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

१० वर्षअघि विवाह भएको यो दम्पतीको आठ वर्षको एक छोरा रहेको उनले जानकारी दिए ।

प्रहरीले थापाथलीस्थित प्रसूतिगृहमा श्रीमतीको स्वास्थ्य परीक्षण गरिएको र श्रीमानको आज स्वास्थ्य परीक्षण गरी अदालत पेश गर्ने र थप अनुसन्धान गर्ने प्रवक्ता पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १० : ५४ बजे

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको