गुल्मीमा पहिरोले भएको जनधनको क्षतिप्रति कांग्रेसबाट दुःख व्यक्त | Khabarhub Khabarhub

गुल्मीमा पहिरोले भएको जनधनको क्षतिप्रति कांग्रेसबाट दुःख व्यक्त


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुल्मीको सत्यवती गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेक गाउँमा सोमबार राति पहिरोबाट भएको मानवीय एवं भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

कांग्रेस संसदीय दलले विज्ञप्तिमार्फत उक्त घटनामा परी बेपत्ता भएका व्यक्तिहरुको तत्काल खोजी कार्य गरी उद्धार गर्न र विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई पुनःस्थापनाको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।

पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणद्वारा विज्ञप्तिमा सो घटनाका घाइते भएकाहरुलाई उपचार एवं राहत तथा मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नसमेत सरकार समक्ष आग्रह गरिएको छ । कांग्रेसले पहिरोमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना साथै जीवन गुमाएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ९ : ४७ बजे

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार

‘भाइरल गोर्खे’मा अभिनय गर्दै पत्रकार ऋषि धमला !

काठमाडौं– विभिन्न विषयले चर्चामा आइरहने पत्रकार ऋषि धमला फिल्म ‘भाइरल