श्रम स्वीकृति बिनै काम गरिरहेको उत्तर कोरियाली डाक्टर रहेको ‘ने कोर्यो’ अस्पताल बन्द | Khabarhub Khabarhub

श्रम स्वीकृति बिनै काम गरिरहेको उत्तर कोरियाली डाक्टर रहेको ‘ने कोर्यो’ अस्पताल बन्द


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियाले तनहुँको दमौलीमा सञ्चालन गरेको अस्पताल बन्द भएको छ । दमौलीमा सञ्चालनमा आएको ‘ने कोर्यो’ अस्पतालमा कार्यरत चिकित्सहरुले बीना श्रम स्वीकृति नै काम गरिरहेका थिए । उनीहरु पर्यटक (भिजिट) भिसामा आएर ने कोर्यो अस्पतालमा काम गरेको पाइएको थियो ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमासमेत बिना स्वीकृति काम गरिरहेको भेट्टिएपछि खबरहबले श्रम स्वीकृति नलिई नेपालमा काम गर्दै उत्तर कोरियाली डाक्टर शीर्षकमा समाचार प्रकाशित गरेको थियो । सोही समाचारको प्रभावमा ने कोर्यो अस्पतालमा काम गर्ने डाक्टरहरुको श्रम स्वीकृत जाँच गर्दै नेपाल मेडिकल काउन्सिलले दिएको प्रमाणपत्र नवीकरण नगरेपछि अस्पताल नै बन्द गर्नु परेको हो ।

अस्पतालमा ‘ने कोर्यो’ अस्पतालमा १० जना उत्तर कोरियालीहरुले काम गर्दै आएका छन् । तीमध्ये ८ जना चिकित्सक र दुई जना प्रशासनिक क्षेत्रमा कार्यरत छन् । उनीहरूमध्ये एलएम कुम सील ( Lm Kum Sil), काङ्ग र्‍योन ओके ( Kang Ryhon OK), किम जोङ (Kim Jong) र रि यु हुई (Ri You Hui) गरी चार जनाको मात्र श्रम स्वीकृति छ । यी बाहेक अरु सबै गैर कानुनी रुपमा काम गर्दै आएका थिए ।

अस्पतालमा कार्यरत एक कर्मचारीका अनुसार चिकित्सकको नेपाल मेडिकल काउन्सिलबाट प्राप्त इजाजत अवधि सकिएकाले सेवा बन्द गर्न काउन्सिलले पत्र लेखेपछि अस्पताल नै बन्द गर्नु परेको हो । तर अस्पताल प्रशासनले भने अस्पताल बन्द नरहेको दाबी गरेको छ । मेडिकल काउन्सिलले दिने डाक्टरको इजाजत अवधि सकिएर नवीकरणको प्रक्रियामा रहेको भन्दै अस्पताल प्रशासनले अस्पतालको सेवा जारी रहेको दाबी गरेको छ ।

खबरहबमा प्रकाशित समाचारपछि तनहुँ जिल्ला प्रशासनले पनि अस्पतालबारे अनुगमन गरेको थियो । असारको पहिलो साता जिल्ला प्रशासन तनहुँबाट गएको टोलीले अनुगमन गर्दा अस्पतालमा कार्यरत ४ चिकित्सकको इजाजत सकिएको र बाँकी‍को केही समय रहेकाले उनीहरु कार्यरत रहेको थियो । उनीहरुको पनि आइतबार इजाजत सकिएपछि सोमबारबाट अस्पताल बन्द भएको हो ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ७ : ३८ बजे

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि