आज धेरै ठाउँमा मेघ गर्जनसहित पानी पर्ने, सतर्क रहन आग्रह | Khabarhub Khabarhub

आज धेरै ठाउँमा मेघ गर्जनसहित पानी पर्ने, सतर्क रहन आग्रह


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुनको सक्रियतासँगै आज (मंगलबार) पनि देशभरका अधिकांश भागमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि पानी परेको छ भने अन्य ठाउँमा पनि पानी पर्ने क्रम जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको दक्षिणतिर अवस्थित छ । साथै बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण पुर्वका अधिकांश साथै मध्य तथा पश्चिमका धेरैजसो स्थानहरुमा वर्षाको सम्भावना छ।

अहिले देशका अधिकांश भु-भागमा सामान्य देखि पूर्ण बदलि भई केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षा भईरहेको म‍ौसमविद वरुण पौडेलले खबरहबलाई जानकारी दिए । पश्चिमि भु-भागमा आंसिकदेखि सामान्य वदली भई थोरै स्थानहरुमा वर्षा भईरहेको पनि पौडेलले बताए ।

बाढी पहिरोको खतरा

जल तथा मौसम पूर्वानुमान महाशाखाले मेघ गर्जनसहित पानी पर्ने भएकाले अधिकांश ठाउँमा पहिरो तथा बाढीको खतरा रहेको छ । पुर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ र, देशका पूर्व तथा मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारी वर्षाको (Heavy rainfall) सम्भावना रहेको महाशाखाले जनाएको छ ।

जसका कारणले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । मौसमकै कारण हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने महाशाखाको दाबी छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिनको मौसमी पूर्वानुमान यस्तो छ :

आज, साउन ७ गते (मंगलबार)

दिउँसो: देशको पुर्वी र मध्य भु-भागमा पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा मेग गर्जनका साथ वर्षा हुनेछ। देशको पुर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

राति: देशको पुर्वी र मध्य -भागमा सामान्य बदलि देखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा मेग गर्जनका साथ वर्षा हुनेछ। देशको पुर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ । पुर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

भोलि, साउन ८ गते (बुधबार)

दिउँसो: देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशका केहि स्थानहरुमा भारि वर्षा (Heavy rainfall) साथै एक दुई स्थानमा अति भारी वर्षाको हुने सम्भावना छ ।

राति: देशभर सामान्य बदलि देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा वर्षा हुनेछ | देशका केहि स्थानहरुमा भारि वर्षा (Heavy rainfall) साथै एक दुई स्थानमा अति भारी वर्षाको हुने सम्भावना छ ।

पर्सी, साउन ९ गते (बिहिबार )

दिउँसो: देशको पश्चिम तथा मध्य भूभागहरुमा सामान्य देखि पुर्ण बदली र पूर्वी भूभागमा सामान्य बदली रही देशका पश्चिम तथा मध्यका अधिकांश स्थानहरुमा र पूर्वी भूभागको केहि स्थानहरुमा मेग गर्जनका साथ वर्षाको सम्भावना छ । देशको पश्चिम तथा मध्यका थोरै स्थानहरुमा र पूर्वीका १/२ स्थानहरुमा भारीको सम्भावन रहेको छ ।

राति: देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा मेग गर्जनका साथ वर्षा हुनेछ | देशका थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) साथै एक दुई स्थानमा अति भारी वर्षाको हुने सम्भावना छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ६ : ५५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम