हिमाली क्षेत्रमा हिमपात, काठमाडौंमा वर्षा | Khabarhub Khabarhub

हिमाली क्षेत्रमा हिमपात, काठमाडौंमा वर्षा


९ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । मुलुकभर आज मौसममा बदली भई पहाडी भेगका केही स्थानमा वर्षा र हिमाली भेगमा भारी हिमपात भएकोछ । सुदूत तथा मध्यपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा सोमबार रातिदेखि हिमपात भएको हो भने काठमाडौं उपत्यकामा पनि मंगलरबार रातिबाट वर्षा भएको छ ।

मंगलबार दिउँसो सामान्य बदली भए पनि बुधबार विहानैबाट वर्षा शुरु भएको हो । आज दिनभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली देखिए पनि बेलाबेलामा घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘यस अवधिमा न्यूनतम तापक्रम नघटे पनि अधिकतम तापक्रम घट्ने भएकाले बढी चिसो महसुस गरिएको हो । वर्षा भएसँगै काठमाडौंमा चिसो बढेको छ । बिहीबार देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार  ६ : ३३ बजे

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन