राजनीतिक सुधारको योजनाबाट पछि हट्दै श्रीलंकाली राष्ट्रपति सिरिसेना | Khabarhub Khabarhub

राजनीतिक सुधारको योजनाबाट पछि हट्दै श्रीलंकाली राष्ट्रपति सिरिसेना


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलङ्काको संविधानमा व्यापक सुधारका लागि प्रतिवद्धता व्यक्त गरेका श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना उक्त योजनाबाट तत्कालका लागि पछि हट्ने सङ्केत देखाएका छन् ।

लोकप्रियताका लागि गरिने सुधारवादी कुराले देशमा राजनीतिक अस्थिरता निम्त्याएको भन्दै उनले संविधानको १९ औँ संशोधनको कुराबाट तत्कालका लागि पछि हट्ने बताएका हुन् ।  सविधानको १९ औँ संशोधनमार्फत शक्तिशाली राष्ट्रपतिको केही अधिकारलाई प्रधानमन्त्रीमा निहित गर्ने योजना रहेको थियो ।

देशका प्रमुख संस्थालाई राजनीतिक रङबाट टाढा राख्ने पूर्वघोषित कार्यक्रमलाई शक्ति सङ्घर्षको खतराबाट मुक्त गर्न प्रस्तावित राजनीतिक सुधारको योजना तत्काल अघि नबढाउने उनले सङ्केत गरेका छन् ।  ‘यहाँ एक जना मात्र नेता छैन । यसले अस्थिरतालाई निम्त्याउँछ’ सिरिसेनाले कोलम्बोमा सरकारी अधिकारीसँग आइतबार भएको एक बैठकमा बताए ।

सिरिसेनाले सन् २०१५ मा भएको निर्वाचनमा राष्ट्रपतिको केही अधिकारलाई १९ औँ संशोधनबाट प्रधानमन्त्रीमा सार्ने साथै संसदलाई थप सशक्त पारी प्रजातन्त्रका मूल्य र मान्यतालाई संरक्षण गर्ने प्रतिवद्धताका कारण उनलाई बहुमत मिलेको थियो ।

गत बर्षको अक्टोबरमा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई पदबाट हटाएर एकाएक पूर्व शक्तिशाली शासक राजापाक्षलाई सत्तामा ल्याउन गरेको राष्ट्रपतिको प्रयास विफल भएपछि उनको छविमा प्रश्न चिह्न लागेको थियो ।

सिरिसेनाले आफ्नो कार्यकाल एक बर्ष लम्व्याउन गरेको प्रयास पनि यहाँको अदालतको आदेशका कारण विफल भएको थियो । सिरिसेनासँग वर्तमान संविधानलाई संशोधन गर्नका लागि संसदमा दुई तिहाई बहुमत नभएकोले पनि संविधान संशोधनको मुद्दाबाट पछि हटेको विश्लेषकहरूको बुझाई छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ७ : १३ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण