बाग्मती जग्गाको मुआब्जामा भूमाफियाले आर्थिक प्रलोभन देखाएः मन्त्री राई | Khabarhub Khabarhub

बाग्मती जग्गाको मुआब्जामा भूमाफियाले आर्थिक प्रलोभन देखाएः मन्त्री राई


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बागमती करीडोर जग्गाको मुआब्जा दिन भू माफियाहरुले आर्थिक प्रलोभन देखाएका खुलासा गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बागमतीको जग्गाको मुआब्जा दिन भू माफियाहरु दुई पटक मन्त्रालयमा नै आएर आर्थिक प्रलोभन देखाएको खुलासा गरेका हुन् ।

मन्त्री राईले आर्थिक प्रलोभन दिने व्यक्ति भन्ने खुलाएनन् । उनले भूमाफियाहरु सहित निर्वाचित जनप्रतिनिधिहरुले समेत निर्णय सदर गरीदिनु भन्दै दबाब दिने गरेको बताए ।  मन्त्री राईले कानूनी जटिलताका कारण बागमती मुआब्जा दिन नसकेको पनि बताए ।

उनले मुआब्जा दिनुपर्ने भनिएको ६ सय १४ रोपनी जग्गामध्ये ४ सय २६ रोपनीको मुआब्जा वितरण भइसकेको तर १ सय ८८ रोपनी जग्गाको मुआब्जा दिन कानूनी जटिलता रहेको बताए ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ७ : ०२ बजे

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार