आईसीसीले भारतीय कप्तान कोहलीलाई किन गर्‍यो कारबाही ? | Khabarhub Khabarhub

आईसीसीले भारतीय कप्तान कोहलीलाई किन गर्‍यो कारबाही ?


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई कारबाही गरेको छ ।

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिबार भएको अफगानिस्तानसँगको खेलमा आईसीसीको नियम उलंघन गरेपछि कोहलीलाई कारबाही गरिएको हो ।

आईसीसीको लेभल १ को धारा २.१ नियम उलंघन गरेको आईसीसीले जनाएको छ ।

कोहलीले अफगानिस्तानविरुद्ध धेरै पटक आउटको अपील गरेको कारण उनलाई कारबाही गरिएको हो ।

खेलपछि म्याच रेफ्री क्रिस बोर्ड र अम्पाएर प्यानलले स्वीकृत गरेको कारबाही कोहलीले स्वीकार गरेका थिए । कारबाहीस्वरुप कोहलीलाई म्याच फि को २५ प्रतिशत जरिवाना गरिएको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ३ : ११ बजे

शुल्क तिर्न बाध्य भए विद्यार्थी 

पाल्हीनन्दन– पश्चिम नवलपरासीका सामुदायिक तथा संस्थागत विद्यालयले दलित विद्यार्थीलाई शुल्क

चुरे पहाडका अधिकांश वनमा डढेलो

गोदावरी– कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश

परियोजनामा सम्झौता टर्दै, तर अर्थमन्त्री भन्छन्‌ – ‘लगानी सम्मेलन सफल भयो’

काठमाडौं – अर्थमन्त्री एवम् लगानी बोर्ड उपाध्यक्ष वर्षमान पुनले लगानी

महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग

काठमाडौं– काठमाडौं महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, आरोपित वृद्ध पक्राउ 

भक्तपुर– भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक