एकपटक मुआब्जा लिइसकेकाले फेरि त्यही लालपुर्जा देखाएर मुआब्जा माग्छन्– मन्त्री राई | Khabarhub Khabarhub

एकपटक मुआब्जा लिइसकेकाले फेरि त्यही लालपुर्जा देखाएर मुआब्जा माग्छन्– मन्त्री राई


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास अन्र्तगत परेका ४ सय २६ रोपनी जग्गाको मुआब्जा दिईसकिएको जानकारी दिएका छन् ।

संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विकास तथा प्राविधिक समितिको आइतबार बसेको संयुक्त बैठकमा मन्त्री राईले २०२१ र २०५९ सालको नापीलाई आधार मानेर कानुन अनुसार ४ सय २६ रोपनीको मुआब्जा दिने काम भएको स्पष्ट पारे ।

मन्त्री राईले काठमाण्डौमा एकपटक मुआब्जा लिइसकेपछि पनि फेरि त्यही लालपुर्जा देखाएर जग्गाको लागि धाउने र समिति बनाई आन्दोलन गर्ने परिपाटी पनि देखिएको उनको भनाइ छ । मन्त्री राईले भने “यस्ता चलखेल छन् काठमाण्डौ भित्र । लालपुर्जा देखाएर खाईसकेर फेरि त्यही लालपुर्जा लिएर जग्गाको लागि धाएका छन् । समिति बनाएका छन् । आन्दोलन गरेका छन् । भरिया बोकेर ठेक्का लिएर घुमेका छन् जग्गाको मुआब्जा दिलाईदिने भनेर । ”

उनले भुमिसुधार ऐन २०३४ अनुसार अधिग्रहणमा परेका जग्गाबारे भुमिसुधार तथा व्यवस्था मन्त्रालय र कानुन मन्त्रालयको सिफारिस र अर्थमन्त्रालयको सहमतिमा प्रक्रिया पुरा गरि आएकाहरुलाई अहिले पनि मुआब्जा दिन तयार रहेको स्पष्ट पारे ।

अधिकार सम्पन्न बागमती सभ्यता एककिृत विकास समितिको कार्यक्षेत्र रेहको गुहेश्वरी गोकर्र्ण खण्ड अन्र्तगत नदीभित्र परेका १ सय ८८ रोपनी जग्गाको मुआब्जा सम्बधी विवादका कारण कार्यमा अवरोध पुगेको भन्दै कृषि र विकास समितिले संयुक्त छलफलका लागि शहरी विकास मन्त्रीलाई बोलाएको हो ।

संयुक्त बैठकमा समिति सदस्यहरुले वास्तविक पीडीतले मुआब्जा नपाएको भन्दै त्यस तर्फ मन्त्रीको ध्यानाकर्षण गराएका थिए । उनीहरुले भावी दिनमा यस्ता आयोजनाहरु ल्याउदा डिपिआर तयार पार्ने समयमा नै आयोजनासंग प्रत्यक्ष सरोकार राख्ने र प्रभावित जग्गाधनीसंग छलफल गर्न सुझाव दिए ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १ : ५१ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर