ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु | Khabarhub Khabarhub

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम– रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देउखोलाबाट सदरमुकाम रुकुमकोटतर्फ आउँदै गरेको रा १ त २५९२ नम्बरको ट्याक्टर भुमे गाउँपालिका ५ को बालुवा भन्ने ठाउँमा दुर्घटना भएको हो ।

ट्याक्टर दुर्घटनामा सिस्ने गाउँपालिका वडा नम्बर ४ अमलाचौरका १५ वर्षीय रामचन्द्र बोहोराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार ट्याक्टर सडकबाट एक सय मिटर तल सानीभेरी नदीमा खसेको छ । दुर्घटनामा परी पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १४ का १६ वर्षीय कृष्ण रसाइली र त्रिवेणी गाउँपालिका ५ रुकुम पश्चिमका १७ वर्षीय लक्ष्मण वली घाइते भएका छन् ।

घाइतेहरुलाई स्वास्थ्यचौकी रुकुमकोटमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले रुकुम पश्चिम रिफर गरिएको प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए । ट्याक्टर चालक दाङका २२ वर्षीय अनन्त रावत प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ७ : ०१ बजे

संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’ घोषणा 

संयुक्त राष्ट्रसङ्घ- संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार मे २४ लाई अन्तर्राष्ट्रिय

जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

काठमाडौं- सरकारले आउँदो जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप

झापामा हात्तीपाइले विरुद्धको औषधी खाएकी एक वृद्धाको मृत्यु

झापा-  झापामा हात्तीपाइले रोगविरुद्धको औषधी खाएपछि एक जना वृद्धाको मृत्यु

चीनमा पाँच लाख बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

बेइजिङ– चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

अत्तरिया– कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन्