सुरक्षाको माग राख्दै कर्मचारी आन्दोलित, मेयरलाई कारबाहीको माग | Khabarhub Khabarhub

सुरक्षाको माग राख्दै कर्मचारी आन्दोलित, मेयरलाई कारबाहीको माग


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको इटहरी उपमहानगरपालिकाका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । इटहरीका मेयर द्वारिकलाल चौधरीले कर्मचारीलाई कुटपिट गरेको भन्दै कर्मचारीहरु काम ठप्प पार्दै आन्दोलित भएका हुन् ।

उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुले उपमेयर लक्ष्मी गौतम र प्रमुख प्रशासकीय अधिकृत केशव विमलीलाई ज्ञापन पत्र बुझाए । मेयरको गतिविधिले काम गर्न असुरक्षित भएको भन्दै कर्मचारीहरुले सुरक्षित काम गर्ने वातावरण बनाउन माग गरेका छन् । उनीहरुले कर्मचारी कुटपिट गर्ने मेयरलाई कानुन बमोजिम कारबाहीको माग गरेका छन् ।

यता, ज्ञापन पत्र बुझ्दै उपमेयर लक्ष्मी गौतमले अप्रिय घटना भएको भन्दै दुःख व्यक्त गरिन् । उनले भनिन, ‘अबका दिनमा यस्ता घटना घट्दैनन्, ढुक्क हुनुस् शान्तिपूर्ण काम गर्ने वातावरण तयार हुन्छ ।’

बुधबार मेयर द्वारिकलाल चौधरीले पैसा लिएर काम गरेको भन्दै सब इन्जिनियर राम बहादुर खड्कालाई बर्खास्त गरेका थिए । यस्तै वडा नम्बर १९का वडा सचिव मनोज दहाललाई कुटपिट गरेका थिए । घरनक्सा फाँटका कर्मचारी खड्काले सेवाग्राहीको काम गरिदिए बापत पैसा लिएको मेयरको आरोप छ ।

यता, कर्मचारी बर्खास्त र कुटिपिटको बारेमा कुराकानी गर्न गएका दुई पत्रकारलाई पनि मेयर चौधरीले दुव्र्यवहार गरेका थिए । पत्रकार विकल रेग्मी र कृष्ण भट्टराईलाई दुव्र्यवहार गरेपछि नेपाल पत्रकार महासंघले विज्ञप्ती निकालेर विरोध जनाएको छ । महासंघले दुव्र्यवहार गर्ने मेयरले माफी माग्नुपर्ने माग गरेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ५ : ५२ बजे

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको

सहकारी समस्या समाधान गर्न पूर्वन्यायाधीश गौतम नेतृत्वको समिति

काठमाडौं- सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा

धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट बिहीबार लागूऔषधसहित ६ जना पक्राउ परेका