प्रदेशसभाद्वारा विधेयक पारित | Khabarhub Khabarhub

प्रदेशसभाद्वारा विधेयक पारित


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिम प्रदेशसभाको मंगलबारको बैठकले प्रदेशसभाको सचिव र सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरेको छ । विधेयक पारित भएसँगै प्रदेशसभाको काम कारवाही सञ्चालन तथा व्यवस्थापन गर्न सहज हुने भएको छ ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । यसअघि उक्त विधेयकमाथि भएको छलफलमा प्रदेशसभा सदस्य महेशदत्त जोशी, पूर्णा जोशी र लालबहादुर सोडारीले धारणा राखेका थिए ।

यसैगरी बैठकले ‘सुदूरपश्चिम प्रदेशको प्रदेशसभा (पहिलो संशोधन) नियमावली २०७५’ पनि पारित गरेको छ । बैठकमा प्रदेशसभा नियमावली २०७४ को संशोधन मस्यौदा समितिका संयोजक वीरमान चौधरीले उक्त नियमावलीलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त नियमावली माथि भएको छलफलमा डिल्लीराज पन्त र बलदेव रेग्मीले भाग लिएका थिए ।

यसअघि उक्त नियमावली संशोधन मस्यौदा समितिको प्रतिवेदनउपर नेपाली काङ्ग्रेसका प्रदेशसभा सदस्य श्यामलाल रानाथारुले प्रस्ताव गरेको संशोधन प्रस्तावलाई बैठकले ध्वनि मतले अस्वीकृत गरेको थियो ।

नियमावलीका विभिन्न छ वटा दफामा संशोधन गरिएको छ । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शाहले प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विधेयक २०७५ मा टेबुल गरे। अर्को बैठक यही बुधबार दिउँसो २ बजे बस्नेछ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ९ : ०० बजे

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण