‘चालू आर्थिक वर्षभित्रै लक्ष्य अनुसार पूँजीगत खर्च’ | Khabarhub Khabarhub

‘चालू आर्थिक वर्षभित्रै लक्ष्य अनुसार पूँजीगत खर्च’


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्ष भित्र लक्ष्य अनुसारनै पूँजीगत खर्च हुने बताएका छन् ।

अर्थमन्त्री खतिवडाले कतिपय विकास निर्माणको काम सम्पन्न भएपनि भुक्तानी नभएकाले तत्काल पूँजीगत खर्च कम भएको देखिएको पनि स्पष्ट पारे ।

मंगलबार नेपाल व्यवस्थापन संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री खतिवडाले विकास, निर्माणको काममा खर्च हुने तर तत्काल भुक्तानी हुने नगरेकाले पूँजीगत खर्च कम देखिएको बताए ।

अर्थमन्त्री खतिवडाले विकास, निर्माणको काम सम्पन्न भएर पनि भुक्तानी नभएको अवस्था पनि रहेकाले पूँजीगत खर्चमा कमी देखिएको स्पष्ट पारे । उनले विकास, निर्माणको काममा तीव्रता आउँदा पनि पूँजीगत खर्च नदेखिनुमा भुक्तानी ढिलाई हुने गरेकाले सो समस्य समाधानका लागि मातहतका निकायलाई सचेत गराइएको जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले वित्तिय व्यवस्थापन र भौतिक पूर्वाधार निर्माणको कामलाई सन्तुलित बनाउन पनि सरकार प्रतिबद्ध रहेको बताए । चालू आर्थिक वर्षको हालसम्म ४८ प्रतिशत पूँजीगत खर्च भएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ८ : ०० बजे

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी