गौरीकाले जितिन ८ स्वर्ण, बनाइन् अर्को राष्ट्रिय कीर्तिमान | Khabarhub Khabarhub

गौरीकाले जितिन ८ स्वर्ण, बनाइन् अर्को राष्ट्रिय कीर्तिमान


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीको स्पर्धामा गौरीका सिंहले मंगलबार भएको खेलमा ३ स्वर्ण जित्दै व्यक्तिगत ८ स्वर्ण जितेकी छिन् । प्रतिस्पर्धामा गौरीकाले एउटा राष्ट्रिय कीर्तिमान सहित तीन स्वर्ण जितेकी हुन् ।

नेपालगञ्जमा भएको प्रतिस्पर्धामा गौरीकाले महिला एक सय मिटर बटरफ्लाइमा एक मिनेट सात दशमलव नौ सात सेकेण्डको समय निकाल्दै स्वर्ण जितिन् ।

उनले आफ्नै नाममा रहेको एक मिनेट आठ दशमलव ६ तीन सेकेण्डको समय सुधार गरेकी हुन् । यस्तै उनले २०० मिटर फ्रिस्टाइलमा पनि स्वर्ण जितिन् । उनले निर्धारित दूरी दुई मिनेट नौ दशमलव १९ सेकेण्डमा पूरा गरिन्।

महिला दुई सय मिटर ब्याकस्ट्रकमा पनि गौरिकाले नै स्वर्ण चुमिन् । उनले दुई मिनेट ४१ दशमलव २५ सेकेण्डको समयमा निर्धारित दूर पूरा गर्दै अन्य प्रतिस्पर्धीलाई उछिनेकी थिइन् ।

यस्तै महिला चार गुणा एक सय मिटर रिलेमा गौरीका सम्मिलित आर्मीको टिमले स्वर्ण जित्यो । पुलिसको टिमलाई पछि पारेको आर्मीले चार मिनेट ५१ दशमलव ८९ सेकेण्डमा दुरी पुरा गर्‍यो ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ६ : ३२ बजे

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर

कक्षा १२ की परीक्षार्थीमाथि झापाको दमकमा गोली प्रहार

झापा- झापाको दमकमा एकजना विद्यार्थीलाई गोली हानिएको छ। शुक्रबार स्थानीय