श्रीलंका श्रृंखलाबद्ध बम विस्फोटको जिम्मा इस्लामिक स्टेटले लियो | Khabarhub Khabarhub

श्रीलंका श्रृंखलाबद्ध बम विस्फोटको जिम्मा इस्लामिक स्टेटले लियो


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीलंका– श्रीलंकामा ३ सय बढीको जनाको ज्यान जानेगरी भएको श्रृङ्खलाबद्ध बम विस्फोटको जिम्मा आतंककारी सञ्जाल इस्लामिक स्टेटले लिएको छ ।

अमाक एजेन्सीमार्फत् आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको हो । गत आइतबार ‘इष्टर सन्डे’का दिन इसाई धर्मावलम्बीलाई लक्षित गरी भएको बम आक्रमणमा ३ सय भन्दा बढीको मृत्यु भएको जनाइएको छ । अरु ५ सय भन्दा धेरै घाइते भएका छन् ।

श्रीलंकाली सुरक्षा अधिकारीले आक्रमणमा श्रीलंकको स्थानीय अतिवादी समूह नेशनल तौहिथ जमाथको हात रहेको बताएका थिए । यद्यपि आक्रमणमा वाह्य समूहको हात रहेकोबारे पनि अनुसन्धान भइरहेको बताइएको छ ।

आक्रमणपछि श्रीलंकामा संकटकालको घोषणा गरिएको छ भने मंगलबारका लागि त्यहाँ राष्ट्रिय शोकको घोषणा समेत गरिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ४ : ४९ बजे

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी