अस्थायी शिक्षकद्वारा थप आन्दोलनका कार्यक्रम सार्वजनिक | Khabarhub Khabarhub

अस्थायी शिक्षकद्वारा थप आन्दोलनका कार्यक्रम सार्वजनिक


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिले राज्यले तीसौं हजार अस्थायी शिक्षकहरुलाई रोजगारविहीन बनाएको भन्दै थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले कुनैपनि बहानामा अस्थायी शिक्षकहरुलाई विस्थापित नगर्न र पटक–पटक आन्तरिक परीक्षा दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

आफूहरुले अघि सारेका मागहरु तत्काल सम्बोधन गर्नुपर्ने समितिको जिकिर छ । समितिले माग पूरा गराउनको लागि अनवरत रुपमा चल्दै आएको काठमाडौंको धर्ना कार्यक्रम यथावत राखेको र बैशाख ११ र १२ गते शिक्षा मन्त्रालयलगायत सम्बन्धित निकायमा ध्यानाकार्षण पत्र बुझाउने कार्यक्रम राखेको जानकारी दिएको छ ।

त्यस्तै, समितिले यही वैशाख १३ गते शुक्रबार काठमाडौंको भद्रकालीदेखि नयाँ बानेश्वरसम्म जुलुस प्रदर्शन गर्ने र आन्दोलनका थप कार्यक्रम बैशाख १३ गते घोषणा गर्नेपनि जनाएको छ ।

पत्रकार सम्मेलनमा सघर्ष समितिका संयोजक हेमनाथ चौलागाईले सरकारले शिक्षा ऐनको नवौं संशोधनलाई आफूअनुकुल व्याख्या गरी जबरजस्ती अस्थायी शिक्षकहरुलाई विस्थापित गर्ने कुनियत बोकेकोले आफूहरु बाध्य भएर आन्दोलनमा होमिनु परेको बताए ।

शिक्षण एउटा प्राविधिक विषय भएकोले ३ घण्टे परीक्षा प्रणालीले शिक्षकको योग्यताको सही मूल्यांकन हुनै नसक्ने समितिका भनाइ छ । उनीहरुले आफुहरुको सेवालाई निरन्तरता दिन पनि माग गरेको छन् ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ४ : ३१ बजे

चितवनमा बाघ र गैँडा मृत फेला

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश

आयोगले सुरु गर्‍यो जसपाका जनप्रतिनिधिको सनाखत

काठमाडौं- निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित प्रदेशसभा

सुहाङले बुधबार बिहान सांसद पदको शपथ लिँदै

काठमाडौं- गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

सुनिता विलियम्सको तेस्रो अन्तरिक्ष यात्रा स्थगित, यस्तो छ कारण

काठमाडौं– सुनिता विलियम्सको अन्तरिक्षमा तेस्रो मिसन प्रक्षेपण हुनु केही घण्टा