ओभर लोड बोक्ने ट्रकमाथि कडाई, दुई दिनमा १० ट्रक नियन्त्रणमा | Khabarhub Khabarhub

ओभर लोड बोक्ने ट्रकमाथि कडाई, दुई दिनमा १० ट्रक नियन्त्रणमा


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


रौतहट– ट्राफिक प्रहरी रौतहटले क्षमताभन्दा बढी भार बोकेर आउने १० वटा मालबहाक ट्रकलाई नियन्त्रणमा लिएको छ । दुई दिनमा दश वटा भन्दा बढी मालबाहक ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जरिवाना काट्दै ‘ओभरलोड’ छाड्दै आएको ट्राफिक प्रहरीले यसपटक भने क्षमताभन्दा बढी बोक्ने ट्रकको सामान खन्याई अर्को ट्रकमा लैजानुपर्ने भन्दै ओभरलोड ट्रक सञ्चालनमाथि कडाई गरेको हो ।

नेपालको सडकको बाटो अनुसार सडक डिभिजनले ६ चक्के ट्रकले १० टन, १० चक्के ट्रकले १७ टन, १२ चक्के ट्रकले २१ टन र १४ चक्के ट्रकले २५ टनसम्मको सामान लोड मालबाहक ट्रक संचालन गर्न मापदण्ड निर्धारण गरेको छ ।

यसविपरित लामो समयदेखि निर्वाधरुपले क्षमता भन्दा बढी ( ओभरलोड ) मालसामान लोड गरी सञ्चालन हुँदै आएका मालबाहक सबारी साधन लाई राजमार्गमा रहेका ट्राफिक प्रहरीले जरिवाना लिदै सञ्चालनमा छुट दिँदै आएका थिए ।

तर अहिले प्रहरीले ओभरलोड सामान ल्याएर आउने मालबहाक ट्रकलाई मात्र नभएर ट्रकको ढालाभन्दा माथि सामान हालेर ल्याउनेहरुलाई समेत कडाई गरेको छ ।

गाईभैसी पालक किसानहरुले पराल, भुसा लोड गर्दा ट्रकहरुमा ढाला भन्दा माथि ल्याउने गरेका छन्।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ३ : १७ बजे

भारतसँग जोडिएका पर्साका सीमानाका तीन दिन बन्द हुने

पर्सा– भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका वीरगञ्जसहित

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति बनाउने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको