रहेनन् वरिष्ठ संगीतकार मदन दिपबिम | Khabarhub Khabarhub

रहेनन् वरिष्ठ संगीतकार मदन दिपबिम


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – वरिष्ठ संगीत साधक तथा रचनाकार मदन दिपबिमको हृदयाघातका कारण निधन भएको छ । इलाममा जन्मिएका दिपबिम हाल अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका थिए ।

उनको सोमवार अमेरिकामै निधन भएको पारिवारिक स्रोतले बतायो ।

दिपबिमले के भुल भयो प्रिया, झस्केर दुख्छ यो मुटु मेरो, सुरिलो रुख सल्लै हो लगायतका चर्चित गीतमा संगीत दिएका थिए ।

दिपबिमले चर्चित गीत भन्छन् कोही जिन्दगी यो कर्कलाको पानी  रचना गरेका थिए । दिपबिम नेपाल हुँदा केही समय रेडियो नेपालका जागीरे समेत थिए ।

ममता दिपबिमसँगै अमेरिकामा बस्दै आएका दिपबिम एक महिनादेखि बिरामी रहेको परिवारले बतायो । दिपबिमको अन्तेष्टि अमेरिकामै गर्ने र काजकिरिया नेपालमा गर्ने पारिवारिक स्रोतले जनायो ।

निधनको समाचारसँगै नेपाली संगीतकार तथा गायकले दिपबिमप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  २ : ०८ बजे

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

सभामुखसहित शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं– सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल

सूर्यकुमारले शतक बनाएपछि हैदरावादमाथि मुम्बईको जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्