व्यवहारिक र गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्छ– देउवा | Khabarhub Khabarhub

व्यवहारिक र गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्छ– देउवा


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले व्यवहारिक, उपयोगी र गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिएका छन् ।

शंकरदेव क्याम्पस स्टुडेण्ड अल्मुनाइले शनिवार आयोजना गरेको ‘नेपालमा उच्च शिक्षाको व्यवस्थापनमा नयाँ दृष्टि’ विषयक एक दिवसीय गोष्ठीको उद्घाटन गर्दै उनले विश्वविद्यालय वा क्याम्पस स्थापना गर्न पाउनुपर्ने माग गर्दैगर्दा गुणस्तरीय शिक्षाका बारेमा समेत बहस गर्नुपर्ने बताए ।

“नेपालमा धेरै विश्वविद्यालय छन्, त्रिभुवन विश्वविद्यालयमा नै गुणस्तरीय अध्ययन नभइरहेको अवस्थामा विश्वविद्यालयको माग गरिएको छ, अझै खुल्दैछन्, जबसम्म गुणस्तरीय शिक्षा हुँदैन तबसम्म जति विश्वविद्यालय खोेले पनि अर्थ छैन”, उनले भने । अहिले पनि पोखरा, विराटनगर, सुर्खेतलगायत विभिन्न क्षेत्रमा विश्वविद्यालय भए पनि ती विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिन नसकेको सभापति देउवाले बताए ।

काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले शिक्षाको गुणस्तर वृद्धिसँगै धेरैभन्दा धेरै विश्वविद्यालय स्थापना गर्नका लागि सहज कानूनको निर्माण गनुपर्ने बताए ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ र त्रिभुवन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा भीम सुवेदीले त्रिविले गुणस्तरीय शिक्षाका लागि सक्दो प्रयास गरिरहेको बताए ।

सो गोष्ठीमा संविधानमा उच्च शिक्षाबारे गरिएको व्यवस्था, गुणस्तरीय शिक्षा र शैक्षिक नीति, नियमलागतयका विषयमा बृहत छलफल हुनेछ ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  २ : २३ बजे

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।