नीति कथाः एक-आपसमा लडाई-झगडा गर्छन् त्यसैले यिनीहरु मनुष्य हुन् | Khabarhub Khabarhub

नीति कथाः एक-आपसमा लडाई-झगडा गर्छन् त्यसैले यिनीहरु मनुष्य हुन्


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक प्राचीन मन्दिरको छतमा केही परेवा राजीखुशी रहन्थे । जब पर्व मेला आयो तयारीको लागी मन्दिरको जीर्णोद्धार हुन थाल्यो त्यतिबेला परेवाहरुले मन्दिर छोडेर नजिकैको चर्चमा गए।

चर्च मा पनि बस्ने परेवाहरुले नयाँ परेवाहरुको साथ राजीखुशी बस्न लागे। क्रिसमस आउन लाग्यो चर्चमा पनि रंगरोगन शुरू भयो । अत: सबै परेवाहरुलाई जानु पर्‍यो नया ठाउँको खोजीमा।

भाग्यले नजिकै एक मस्जिदमा उनीहरुले ठाउँ पाए र मस्जिदमा बस्ने परेवाहरुले उनीहरुलाई खुशी-खुशी स्वागत गरे।

रमज़ानको समय थियो मस्जिदको साफसफाई पनि शुरू भयो सबै परेवा पुनः त्यही प्राचीन मन्दिरको छतमा आए।

एक दिन मन्दिरको छतमा बसेका परेवाहरुले देखे कि तल चोकमा धार्मिक युध्द एवं दंगा भयो।

सानो परेवाले आफ्नी आमासँग सोध्यो “आमा यिनीहरु को हुन ?”
आमाले भनिन् “यिनीहरु मनुष्य हुन्”।

सानो परेवाले सोध्यो “आमा यिनीहरु आपसमा किन लडिरहेका छन् ?”

आमाले भनिन्  “जुन मनुष्य मन्दिर जान्छन् उसलाई हिन्दू भनिन्छ, चर्च जानेलाइ ईसाई र मस्जिद जाने मनुष्यलाई मुस्लिम भनिन्छ।”

सानो परेवाले भन्यो ” आमा यस्तो किन ?

जब हामी मन्दिरमा थियौं हामीलाई परेवा नै भन्थे, चर्चमा गयौं तैपनि परेवा नै भने र जब मस्जिदमा थियौं त्यतिबेला पनि परेवा नै भन्थे, त्यसरी नै यिनीहरुलाई पनि मनुष्य भन्नु पर्थ्यो जहाँ गए पनि, तर भनिदैन ।”

आमाले भनिन “मैले, तिमीले र हाम्रा साथी परेवाहरुले त्यो एक ईश्वरीय सत्तालाई अनुभव गरेका छौं त्यसैले हामी यति उचाईमा शान्तिपूर्वक रहन्छौं।

यिनीहरुलाई त्यस एक ईश्वरीय सत्ताको अनुभव हुन बाँकी छ , त्यसैले यिनीहरु हामी भन्दा तल बस्छन र आपसमा लडाई झगडा गर्दछन्।”

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  १० : १४ बजे

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं- सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को

राष्ट्रसंघकी सहायक महासचिवद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं

देशभर इन्टरनेटमा समस्या, भारतीय कम्पनीले ब्यान्डविथ रोकेको दाबी

काठमाडौं-  नेपालभर इन्टरनेट सेवा प्रभावित भएको छ । बिहीबार अपरान्हदेखि