पेस्तोलसहित विप्लवका ६ नेता पक्राउ | Khabarhub Khabarhub

पेस्तोलसहित विप्लवका ६ नेता पक्राउ


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रविक्रम चन्द समूहको प्रतिबन्धित नेकपाका ६ जना नेता पेस्तोलसहित पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई आइतवार  काठमाडौंको हात्तीगौंडाबाट पक्राउ गरेको हो ।

प्रहरीको विशेष ब्यूरोले आइतबार पेस्तोल, त्यसमा लाग्ने म्यागजिन, डेटोनेटर र बम बनाउन प्रयोग हुने तारसहित नेकपा निकट युवा संगठनका ६ जना नेतालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा युवा संगठनका केन्द्रिय सचिव तथा मध्यकमाण्ड इन्चार्ज सञ्जीव लामा, कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रिय सदस्य तथा कार्यालय सचिव वकिल घर्ती मगर, युवा संगठन सोलुखुम्बु इन्चार्ज त्रिलोचन विक र केन्द्रिय सदस्य तथा उदयपुरका सदस्य दुर्खाबहादुर तामाङ रहेका छन् ।

ब्यूरोले हात्तीगौंडास्थित भूमिगत रुपमा सञ्चालित कार्यालयमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका सञ्जीव लामा गत वर्ष वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट गराउने व्यक्ति रहेको पनि खुलेको छ।

२०७५ चैत २४ गते गुरुङको बसुन्धरा/सामाखुसीस्थित घरमा सिलिण्डर बम विस्फोट हुँदा घर र गाडीमा क्षति पुगेको थियो।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ७ : १९ बजे

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा