ललितपुरमा भएको दुर्घटनामा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

ललितपुरमा भएको दुर्घटनामा दुई जनाको मृत्यु


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९ चुनिखेलमा बा२ख ५००९ नम्बरको बसले स्थानीयवासी नवीन घिमिरेलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईका अनुसार बसले ब्रेक लगाउँदा घिमिरे ढोकाबाट खसेका थिए । चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

मंगलबारै ललितपुर महानगरपालिका–८ ग्वार्कोमा बा४ख ९०५५ नंको ट्रकले ठक्कर दिँदा इमाडोल बस्दै आएका सिन्धुपाल्चोकको गोल्छेका ४० वर्षीय राजकुमार तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते पैदलयात्री तामाङको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ६ : ०६ बजे

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको