मधुमेह के हो ? यो किन हुन्छ ? | Khabarhub Khabarhub

मधुमेह के हो ? यो किन हुन्छ ?


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानव शरीरमा हुने रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई डायबिटिज अर्थात मधुमेह भनिन्छ ।

जसलाई नेपालीमा चिनीरोग पनि भनिन्छ । रगतमा चिनीको मात्रा बढी भएपछि लगातार पिसाब लाग्ने, धेरै तिर्खा र भोक लाग्ने जस्ता लक्षणहरू देखिने गर्दछन् ।

यदि मधुमेहको समयमा उपचार गरिएन भने यसले धेरै जटिल रोगहरु, समस्याहरु निम्त्याउने गर्दछ । यदि मधुमेह लामो अवधिसम्म रहेमा मुटु तथा रक्तनलीमा समस्या हुने, मिर्गौलामा खराबी हुने, अल्सर तथा आँखामा समेत खराबी आउने गर्दछ ।

किन हुन्छ मधुमेह ?

मधुमेह प्याक्रिन्याजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषहरूले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा उत्पन्न हुने गर्दछ ।

मधुमेहका लक्षणहरु

मधुमेहका रोगीहरूमा साधारणतय तौल घट्ने, धेरै पटक पिसाब लाग्ने, धेरै तिर्खा लाग्ने, तथा धेरै भोक लाग्ने जस्ता लक्षणहरू देखिन्छन् । आँखा धमिलो देख्ने, टाउको दुख्ने, थकाइ लाग्ने, काटेका घाऊहरू ढिलो निको हुने र छाला चिलाउने लगायतका समस्या पनि मधुमेहका लक्षणहरु हुन् ।

कसरी बच्ने मधुमेहबाट ?

मधुमेहबाट बच्न स्वास्थ्यकर खाना खाने, नियमित शारीरिक व्यायाम गर्ने, शरीरको तौल सामान्य अनावश्यक बढ्न नदिने, सुर्तीजन्य पदार्थहरू नखाने गर्नुपर्दछ ।

मधुमेहका रोगीहरूले रक्तचाप नियन्त्रणमा राख्नु तथा खुट्टाहरूको हेरविचार गर्नु आवश्यक हुन्छ । खानामा विशेष ध्यान पुर्‍याउने तथा कार्बोहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने, बढी चिल्लोयुक्त पदार्थको सेवन नगर्नाले पनि मधुमेहबाट बच्न सकिन्छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ५ : ०८ बजे

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि क्रिकेटमा नेपाल पराजितसम्म

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान सरकारले संसद्को बजेट अधिवेशन आह्वान

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको