यू-२३ फुटबल टोली कतार जाँदै | Khabarhub Khabarhub

यू-२३ फुटबल टोली कतार जाँदै


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को बन्द प्रशिक्षणमा रहेको नेपाली य–२३ टोली मंगलबार बेलुका कतार जाने भएको छ ।

म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली बेलुका कतार प्रस्थान गर्न लागेको हो । नेपाली टोलीलाई आज एन्फाले विदाई गरेको थियो । नेपालले म्यानमारको उमेरसमूहको टोलीसँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल्ने छ ।

मंसिर १५ देखि काठमाडौंमा आयोजना हुने सागको बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीले यही कार्तिक ८ गते म्यानमारसँग मैत्रिपूर्ण खेल खेल्नेछ । खेल कतारको दोहामा हुनेछ ।

मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले मैत्रीपूर्ण खेल हुनु नेपाली टोलीका लागि सुखद् रहेको बताए ।

‘म्यानमारसँगको खेल एक्सपोजर पाउनु राम्रो पक्ष हो । यो निकै चुनौति पनि छ तर, यसले घरेलु मैदानमा हुने सागलाई सघाउनेछ,’ मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले भने ।

नेपाली टोली

अनन्त तामाङ, अञ्जन बिष्ट, विक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी, तेज तामाङ, अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापा मगर, छिरिङ गुरुङ, अर्पण कार्कि, दिप कार्की, देव लिम्बु, विकास खवास, रोमन लिम्बु, नितिन थापा, शेसेहाङ आङ्देम्बे, मिक्चेन तामाङ, रामचन्द्र वाजी, प्रेजन तामाङ, रेजिन सुब्बा, राजिव लोप्चन, नवयुग श्रेष्ठ र सुमन अर्याल

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ४ : ०८ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको