प्रतिघण्टा ६७२ किलोमिटर कुद्ने बाइकको मूल्य ५६ करोड ! | Khabarhub Khabarhub

प्रतिघण्टा ६७२ किलोमिटर कुद्ने बाइकको मूल्य ५६ करोड !


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वमै सवैभन्दा तीव्र गतिमा दूरी पार गर्ने सवारी साधनमा हवाइजहाज पर्छ, यसमा कसैको दुईमत छैन ।

रेल तथा ठूला इन्जिन भएका कारहरु पनि तीव्र गतिमा कुद्छन् । तर एउटा यस्तो बाइक निर्माण गरिएको छ । जसको टप स्पीड सुनेर विश्वास गर्न नै मुस्किल लाग्न सक्छ ।

विश्वकै सवैभन्दा तीव्र गतिमा कुद्ने बाइकले प्रतिघण्टा ६७२ किलोमिटर दूरी पार गर्छ । डज टोमाहक विश्वको सबैभन्दा पावरफुल सुपरबाइकमा नाम लेखाउन सफल बाइक हो । यो सुपर बाइकको टप स्पीड ६७२ किलोमिटर प्रतिघण्टा रहेको छ ।

यो सुपरबाइक हालै नन स्ट्रीट लिगल कन्सेप्टको रुपमा तयार पारिएको थियो । यसको मूल्य नेपाली रुपैयाँमा हिसाव गर्दा झण्डै ५६ करोड पर्न आउँछ । डज टोमाहक सुपरबाइक सन २००३ मा नर्थ अमेरिकाको इन्टरनेशनल अटो शोमा प्रदर्शन गरिएको थियो । यसको डिजाइन र स्पीड देखेर बाइक प्रेमीहरु आकर्षित भएका थिए ।

विश्वमा डज टोमाहक सुपरबाइक ९ जना व्यक्तिले मात्र किनेको बताइन्छ । डज टोमाहक सुपरबाइकले ६० किलोमिटर प्रतिघण्टाको स्पीड मात्र १।५ सेकेन्डमा तय गर्नसक्छ ।

यसमा ८।३ लिटर भी–१० एसआरटी भाइपर इन्जिन जडान गरिएको छ । यो सुपरबाइकको इन्जिनले अधिकतम ५०० एचपीको पावर जेनेरेट गर्न सक्छ । यसमा  २ वटा अगाडि र २ वटा पछाडि गरी ४ वटा टायरको प्रयोग गरिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ७ : ३२ बजे

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।