बझाङको वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी | Khabarhub Khabarhub

बझाङको वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ- केदार स्यूँ गाउँपालिका–७ को कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।

वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको केदार स्यूँ गाउँपालिकाका उपाध्यक्ष निसा धामीले बताइन्। उनले आगजनीबाट वडा कार्यालयमा रहेका सामानहरु जलेर नष्ट भएको बताए ।

वडा कार्यालयमा आगजनी कसले गरेको र किन गरेको हो भन्नेबारे अहिलेसम्म नखुलेको र घटनास्थलसम्म पुग्न रायल प्रहरी चौकीबाट टोली परिचालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख गणेश बमले जानकारी दिए ।

प्रहरी प्रमुख बमका अनुसार वडा कार्यालय जान करीब ४ देखि ५ घण्टाको पैदल दूरीमा रहेकाले प्रहरी पुगेपछि मात्र यथार्थ विवरण आउने बताए ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ८ : ५४ बजे

अग्निीपीडितलाई नगरपालिकाको सहयोग

सिरहा– सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर

के मुख खोलेर सुत्नु खतरनाक हुन्छ ?

काठमाडाैं- हामी धेरैलाई आफ्नो मुख खोलेर सुत्नु ठूलो कुरा हाे जस्तो

कुवेत लगेर मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्‍याएर मानव

मंगोलियाको जंगलमा आगलागी बढ्यो

काठमाडौं– मंगोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा

झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले