चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण– गृहमन्त्रीले बोलाए आकस्मिक सुरक्षा बैठक | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण– गृहमन्त्रीले बोलाए आकस्मिक सुरक्षा बैठक


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको असोज अन्तिम साता हुने भनिएको संभावित भ्रमणको सुरक्षा व्यवस्थापनका लागि गृहमन्त्री रामबहादुर थापा (बादल)ले सुरक्षा अंगका प्रमुखहरुसँग छलफल शुरु गरेका छन् ।

आइतबार नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीसँग भएको ‘गोप्य भेटवार्ता’पछि गृहमन्त्री थापाले सुरक्षा प्रमुखहरुको बैठक बोलाएका हुन् ।

गृहमन्त्री थापाले बोलाएको बैठकमा नेपाली सेनाका उच्च अधिकारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी छन् ।

गृह मन्त्रालय स्रोतका अनुसार केही समय अगाडिदेखि सुरक्षा प्रमुखहरुको बैठक गृह मन्त्रालयमा शुरु भएको हो ।

बैठकमा राष्ट्रपति सीको सम्भावित भ्रमण केन्द्रित सुरक्षा रणनीतिका विषयमा छलफल हुने जनाइएको छ ।

गृहमन्त्री बादलले बोलाएको बैठकमा गृहसचिव प्रेमकुमार राई पनि सहभागी छन् ।

चिनियाँ राष्ट्रपति सीले असोज अन्तिम साता नेपालको भ्रमण गर्ने जनाइएको छ ।

राष्ट्रपति सीको भ्रमण र सुरक्षा व्यवस्थापनको विषयलाई लिएर नेपालका लागि चिनियाँ राजदूत यान्छी आइतबार गृहमन्त्री बादललाई भेट्न गृह मन्त्रालय पुगेकी थिइन् ।

राजदूत यान्छीसँगको भेटवार्ता पछि गृहमन्त्रीले आकस्मिक सुरक्षा बैठक बोलाएका हुन् ।

बैठकमा राष्ट्रपति सीको संभावित भ्रमणको तयारी र सुरक्षा रणनीतिको प्रारम्भिक तयारीबारे छलफल हुने गृह मन्त्रालय स्रोतले जानकारी दियो ।

‘यो बैठकमा ४ वटै सुरक्षा निकायको जिम्मेवारी र सुरक्षा रणनीतिका समयमा निर्वाह गर्न सकिने भूमिकाका बारे छलफल हुने छ,’ गृह मन्त्रालयले स्रोतले भन्यो, ‘सुरक्षा रणनीतिलाई अन्तिम रुप दिन अर्को बैठक बस्न सक्छ ।’

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ४ : ५३ बजे

सप्तरीका अग्निपीडितलाई खानेपानी र शौचालयको व्यवस्था गरिने

राजविराज– सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टी बस्तीमा अग्निपीडितका लागि खानेपानी र

टीकाबहादुरकाे टिप्पणी- ‘ठेकीको व्यापार बढे युवाले विदेशी भूमिमा दुःख गर्न पर्दैन’

ढोरपाटन– शिरमा ढाका टोपी, शरीरमा पसिनाले लुथ्रुकमा भिजेका कपडा ।

क्रोएसियामा मात्रै २५ हजार नेपाली, कन्सुलर कार्यालय नहुँदा अनेकन सास्ती

काठमाडौं- पछिल्लो समय पोर्चुगलपछि छिमेकी मुलुक क्रोएसियामा नेपालीहरूको संख्या बढ्दै

भक्तपुरको कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते

काठमाडौं– भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट मोडको प्लाई कार्पेट कारखानामा आगलागी

‘रायो’ साग बेचेर लाखौँ कमाइ

गलकोट– गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन् ।