आँपपीपल–भच्चेक सडकखण्ड अवरुद्ध, सडक भासिएर ५० मिटर तल पुग्यो | Khabarhub Khabarhub

आँपपीपल–भच्चेक सडकखण्ड अवरुद्ध, सडक भासिएर ५० मिटर तल पुग्यो


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको लुँइटेल भञ्जाङ–आँपपीपल–हर्मी–भच्चेक सडकखण्ड १० दिनदेखि अवरुद्ध भएको छ ।

लगातार परेको पानीका कारण सडक भासिँदा उक्त सडकखण्डमा यातायात सञ्चालन हुन नसकेको हो । जिल्लाको पालुङटार नगरपालिका–३ स्थित बोहोरा गाउँमा पर्ने खण्डमा सडक भासिएर ५० मिटर तल पुगेको छ ।

“सडक भासिएपछि भदौ २६ गतेदेखि यो सडकखण्डमा सवारीसाधन पूर्णरुपमा ठप्प भएको छ”, स्थानीय रमित ढकालले भने, “सडक मर्मतको काम तीव्र गति हुन नसक्दा यात्रुले हैरानी खेप्नुपरेको छ ।”

भूकम्प सहायता आयोजना कार्यक्रमअन्तर्गत एशियाली विकास बैंक (एडिबी)को सहयोगमा तीन महीनाअघि मात्र उक्त सडकखण्ड कालोपत्रको काम सम्पन्न भएको थियो ।

लामो समयसम्म सडक अवरुद्ध भएपछि उक्त सडकखण्ड हुँदै आवातजावत गर्ने यात्रु हिँडेरै गन्तव्यसम्म पुग्नपर्ने बाध्यता रहेको ढकालले बताए। “मर्मतको काम अत्यन्तै सुस्त गतिमा अघि बढेको छ, दशैँको मुखमा सडक अवरुद्ध हुँदा व्यवसायीलाई समेत समस्या परेको छ”, उनले भने

सडक मर्मतका लागि पालुङ्टार नगरपालिका, सडकको निर्माणकर्ता र सरोकारवाला निकायले चासो नदिएको स्थानीयवासीले आरोप लगाएका छन् ।

गएको भदौ २५ गते राति परेको भारी वर्षाका कारण भर्खरै गरेको कालोपत्र सडक भासिँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरी निरीक्षक गीताप्रसाद चौधरीले जानकारी दिए ।

पालुङ्टार नगरपालिकाका इञ्जिनीयर अनुप देवकोटाले भने लगातारको झरीका कारण सडक मर्मत तत्काल हुन नसकेको जानकारी दिए । अब साताभित्र भत्किएको सडक मर्मत गरी सञ्चालन गर्ने उनले दाबीसमेत गरे ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ३ : ४४ बजे

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका