जब कैयन् दिनसम्म रोएका थिए सुनील सेट्टी... | Khabarhub Khabarhub

जब कैयन् दिनसम्म रोएका थिए सुनील सेट्टी…


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सुनील सेट्टी आफ्नो जमानाका हिटमध्ये एक हुन् । भलै उनले आफ्नो करिअरमा कैयन् उतारचढाव देखे । असफलताबाट उनले थप कुरा सिके । त्यही असफलताले उनलाई अगाडि बढ्न हौसला पनि दियो ।

सुनीलले एक अन्तर्वार्तामा करिअरका शुरुवाती दिनमा आफूलाई गाइड गर्ने कोही नभएको बताएका छन् । उनले भनेका छन्, ‘मलाई गाइड गर्ने कोही थिएन, मैले सबै आफ्नो असफलताका कारण सिकेँ, जब मेरो पहिलो फिल्म हिट भएको थियो, त्यतिबेला म निकै खुशी थिएँ ।’

त्यतिबेला सफलता र फिट बोडीका कारण आफू दोस्रो अमिताभ बच्चन बन्ने आफूलाई लागेको तर त्यो केवल एउटा सपना भएको उनले बताए ।

‘मलाई दर्शकको आलोचनाको पनि सामना गर्नुपर्‍यो, कतिले त मलाई अभिनय छोडेर फेरि आफ्नो होटल बिजनेसमा फर्किने सल्लाह पनि दिए,’ अनिलले भने, ‘मलाई यो कुरामा खुशी छ कि, मैले ती आलोचनालाई पनि सकारात्मक रुपमा लिएँ र आफूलाई अझ उत्कृष्ट बनाउने कोशिश गरेँ ।’

अन्तर्वार्ताका क्रममा उनले एक समय आफू कैयन् दिनसम्म रोएको स्मरण गरे । उनले आफ्नो फिल्म नचल्दा रुनुपरेको बताए । ‘फिल्म नचल्दा म आफू कलाकार भएकोमा पनि सवाल उठाउन थालेको थिएँ,’ उनले भने ।

पछि आफूले अरु कलाकारले भन्दा फरक गर्न खोजेको र त्यसैमा ध्यान दिएको उनले बताए । त्यसपछि उनले एक्सन र फिटनेसमा आफूलाई फोकस गर्न शुरु गरे । उनले अगाडि भने, ‘मेरो अनुभव र असफलताले मलाई अझ राम्रो कलाकार बनाउन मद्दत गर्‍यो ।’

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  १ : ०४ बजे

डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

दोलखा– रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी– बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता