भीमफेदी कारागारका जेलर घुससहित पक्राउ | Khabarhub Khabarhub

भीमफेदी कारागारका जेलर घुससहित पक्राउ


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मकवानपुरको भीमफेदीस्थित कारागार कार्यालयका जेलर (शाखा अधिकृत) घुस रकमसहित पक्राउ परेका छन् ।

आफ्नै कार्यालयमा कार्यरत चौकीदारसँग मागेको ७५ हजार रुपैयाँ घुस रकमसहित जेलर मदन अधिकारी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले जेलर अधिकारीलाई पक्राउ गरेको हो ।

जेलर अधिकारीलाई घुस रकम लिइसकेको अवस्थामा उनको निवासबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ३ : ४७ बजे

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ