नेकपा सचिवालय बैठक– पार्टी एकताबारे सुझाव दिन गठित कार्यदल भङ्ग | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक– पार्टी एकताबारे सुझाव दिन गठित कार्यदल भङ्ग


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपाले सांगठनिक एकीकरणको लागि सुझाव दिन गठन गरेको कार्यदल भंग गरेको छ ।

शुक्रवार(आज) बालुवाटारमा बसेको सचिवालय बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको प्रवक्ता नायारणकाजी श्रेष्ठले बताए ।

पार्टी एकताको बाँकी काम सचिवालयले गर्ने र त्यसलाई स्थायी समितिबाट अनुमोदन गराउने निर्णय भएको नेता श्रेष्ठले जानकारी दिए ।

‘कार्यदलमा भएको कामको विवरण पेश गरिसकेपछि अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिने निर्णय गर्यो‍’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने,’अब प्रस्ताव सचिवालयले नै तयार गर्ने र सांगठनिक एकीकरणको लागि तयार भएको प्रस्ताव स्थायी समितिमा पेश गर्ने निर्णय गरेको छ ।’

विहीबार बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा कार्यदलका सदस्यहरुले एक साताको लागि कार्यदलको म्याद थप गर्न माग गरेका थिए । तर पार्टी अध्यक्ष केपी ओली कार्यदलको म्याद थप नगर्ने पक्षमा देखिएका थिए ।

सचिवालयमा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरु कार्यदललाई एक साताको थप समय दिनुपर्ने पक्षमा थिए तर उनीहरुको फरक मतका बाबजुद सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा पुस १२ गने गठन भएको कार्यदल भंग भएको हो । एकताको बाँकी काम अब सचिवालयले नै गर्ने छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ११ : ५१ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर