कच्चा तेल तथा पेट्रोलियमको उत्पादनमा अमेरिकाको नयाँ कीर्तिमान | Khabarhub Khabarhub

कच्चा तेल तथा पेट्रोलियमको उत्पादनमा अमेरिकाको नयाँ कीर्तिमान


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– वर्ष सन् २०१८ मा प्राकृतिक ग्यास तथा पेट्रोलियमको उत्पादनमा अमेरिकाले कीर्तिमान कायम गरेको छ ।

अमेरिकाको उर्जा सूचना प्रशासन ईआईएले जनाएअनुसार सन् २०१८ मा अमेरिकाको पेट्रोलियमको उत्पादन १६ प्रतिशत तथा प्राकृतिक ग्यासको उत्पादन १२ प्रतिशतले बढेको छ ।

सन् २०१८ मा अमेरिकाको कच्चा तेलको उत्पादन १७ प्रतिशतले बढेर हरेक वर्ष १ करोड १० लाख ब्यारेल प्रतिदिन पुगेको ईआईएले जनाएको छ । त्यस्तै, सुख्खा प्राकृतिक ग्यासको उत्पादन १२ प्रतिशतले बढेर ८० करोड ७० लाख घनमिटर प्रतिदिन पुगेर कीर्तिमान रादेको जनाइएको छ ।

त्यस्तै, विश्वव्यापी माग बढेका कारण रुसको कच्चा तेल तथा प्राकृतकि ग्यासको उत्पादनले पनि नयाँ कीर्तिमान कायम गरेको छ । यता साउदी अरबको कच्चा तेलको वार्षिक औसत उत्पादन पनि केही बृद्धि भएको छ । यद्यपि साउदी अरबको कच्चा तेलको उत्पादन सन् २०१६ को तुलनामा केही कम रहेको ईआईएले उल्लेख गरेको छ । सन् २०१६ मा साउदी अरबको कच्चा तेलको उत्पादन कीर्तिमानी स्तरमा पुगेको थियो ।

सन् २०११ मा रुसलाई उछिन्दै अमेरिका विश्वमा सबैभन्दा धेरै प्राकृतिक ग्यास उत्पादन गर्ने मुलुक बन्न पुगेको थियो भन् सन् २०१८ मा अमेरिकाले कच्चा तेलको उत्पादनमा पनि उछिनेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ७ : २३ बजे

झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?

काठमाडौं– नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

काठमाडौं – आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा

बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन

काठमाडौं– कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

काठमाडौं– आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको

फिल्म निर्देशनमा प्रकाश सपूत (तस्बिरसहित)

काठमाडौं– गायक प्रकाश सपूतले फिल्म निर्माणको घोषणा गरेका छन् ।