हजार किलोमिटरको यात्रा गर्ने १० देखि १४ वर्षका बालबालिका | Khabarhub Khabarhub

हजार किलोमिटरको यात्रा गर्ने १० देखि १४ वर्षका बालबालिका


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहीँ विश्वमा अनौठा घटना घट्छन् । जसलाई पत्याउन निकै मुस्किल हुने गर्दछ । अस्ट्रेलियामा यस्तै पत्याउन नसकिने खालको एउटा अनौठो घटना भएको छ । अस्ट्रेलियाको रक ह्याम्पटनबाट ४ जना बालबालिकाले घरबाट सुटुक्क लिएर हिडेको कारमा १ हजार किमिको यात्रा गरेका छन् ।

नेपालको मेचिदेखि महाकालिसम्मको पूर्व पश्चिम राजमार्ग जतिकै लामो सडक यात्रामा निस्कने ति बालबालिकाको उमेर भने मात्र १० देखि १४ बर्ष सम्मको थियो । उनीहरुले अभिभावक वा अन्य कुनै चालक विना नै आफैं गाडी चलाएर त्यति लामो सडक पार गरेका थिए ।

अस्ट्रेलिया घुम्ने योजनासहित सुटुक्क घरबाट कार चोरेर हिडेका उनीहरुलाई अन्ततः प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार रकह्याम्पटनबाट मोटर लिएर हिडेका ती बालबालिका २ दिनपछि न्यू साउथवेल्स पुगेका थिए । त्यहा“ इन्धन भर्ने क्रममा रकम दिन नसक्ने भएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी आउनासाथ गाडीभित्रै बसेका उनीहरुको उद्धार गर्न प्रहरीले मेकानिकको सहायता लिनु परेको थियो । ३ बालक र १ बालिकाको सो समुहले कार चोरेर ‘वनभोज’ खानेभन्दै घुम्न निस्किएको प्रहरीले अनुसन्धान पछि बताएको छ ।

प्रहरीले उनीहरुको साथबाट केही रकम, खाना, माछा मार्ने रडजस्ता सामाग्रि समेत बरामद गरेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १ : २६ बजे

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई

कर्णाली नदीमा किशोरीको शव फेला

बाजुरा- कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित

बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

काठमाडौं– इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल