अमेरिकाले ताइवानलाई हतियार बेच्ने भएपछि चीन चिडियो | Khabarhub Khabarhub

अमेरिकाले ताइवानलाई हतियार बेच्ने भएपछि चीन चिडियो


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुई शक्ति राष्ट्र अमेरिका र चीनबीचको दूरीका विषयमा चर्चा हुने गरेको छ । अहिले चीन अमेरिकासँग चिडिएको विषय बाहिर आएको छ । अमेरिकाले ताइवानको सुरक्षाका लागि भनेर ९.१९ खर्ब (८ बिलियन) भन्दा बढी मूल्य बराबरको लडाकु जहाज र यन्त्र बेच्ने निर्णय गरेपछि चीन रुष्ट भएको हो ।

चीनले वासिङटनको यो निर्णय कार्यान्वयनमा आए ताइवानलाई एफ १६ लडाकु जहाज बेच्ने अमेरिकी कम्पनीमाथि प्रतिबन्ध लगाउने बुधबार चेतावनी दिएको छ । विदेश मन्त्रालयका प्रवक्ता गेंग सुआङले हतियारहरु नबेच्न र ताइवानसँग सैन्य सम्पर्क तोड्न अमेरिकालाई आग्रह गरेका छन् ।

वासिङटन र बेइजिङबीच व्यापारमाथि भएको तनावकैबीच ताइवानलाई अमेरिकाले विमान बेच्ने निर्णय गरेको हो । चीनले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको बीबीसीले उल्लेख गरेको छ ।

चीनले ताइवानसँग अमेरिकाको हतियार सम्झौतलाई पटक–पटक आलोचना गर्दै आएको छ । पछिल्लो सम्झौतापछि त चीनले अमेरिकी हतियार कम्पनीमाथि प्रतिबन्ध लगाउने चेतावनी नै जारी गरेको छ ।

पछिल्लो महिना पनि उसले ट्यांक र स्टिङ मिसाइलका लागि २.२ बिलियन सम्झौताको विरोध गरेको थियो । अमेरिकी रक्षा सहयोग नियोगले मंगलबार कंग्रेसको अधिकारिक सूचनामार्फत यसबारेको सम्झौताको घोषणा गरेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १२ : ३४ बजे

पर्सामा नौ महिनाभित्र ७३९ घरेलु उद्योग स्थापना

पर्सा – जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ८६ करोड

जापानी परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आउने

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी साता नेपालको भ्रमण गर्ने

अर्थमन्त्री पुनको दाबी : ‘नेपाल लगानीको गन्तव्य बनिसक्यो’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य

काठमाडौंमा थप दुई हजार मेगावाट विद्युत आपूर्ति गर्ने प्रसारणलाइन र सबस्टेशन आज उद्घाटन गरिँदै

काठमाडौं – काठमाडौं उपत्यकामा दुई हजार मेगावाट विद्युत आपूर्ति गर्न

बझाङको मतगणनाका लागि ११ बजे सर्वदलीय बैठक

काठमाडौं– बझाङ प्रदेशसभा १ मा हिजो भएको उपनिर्वाचनको मत गणना