सलमान खानको ‘दब‌ंग ३’ पनि ४ भाषामा, यो दिन हुँदैछ रिलिज | Khabarhub Khabarhub

सलमान खानको ‘दब‌ंग ३’ पनि ४ भाषामा, यो दिन हुँदैछ रिलिज


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड सुपरस्टार सलमान खानको दबंग सिरिजको फिल्मको चर्चा छ । शूटिङका क्रममा रहेको फिल्म ‘दबंग ३’ मा सलमान खान र सोनाक्षी सिन्हाको जोडी देख्न सकिनेछ ।

चर्चा चलिरहेका बेला सलमान खानले यो फिल्मको रिलिज मिति पनि तोकेका छन् । यो फिल्म डिसेम्बर २० मा रिलिज हुनेछ ।

प्रभु देवाको निर्देशनमा बनेको ‘दबंग ३’ को रिलिजका लागि पनि निर्माण टिमले विशेष योजना बनाएको भारतीय मिडियाले लेखेका छन् । यो फिल्म ४ भाषामा रिलिज हुने भएको छ । रिलिजको क्रममा रहेको फिल्म ‘साहो’ पनि ४ भाषामा रिलिज हुँदैछ ।

हिन्दी, तमिल, तेलुगु र कन्नड भाषामा यो फिल्म रिलिज हुने भएको छ । फिल्ममा सलमान खानलाई १८ वर्षभन्दा कम उमेरको युवकको रुपमा पनि देख्न सकिनेछ ।

सलमान र सोनाक्षीसँगै अरबाज खान, प्रमोद खन्ना लगायतका कलाकारको पनि शीर्ष भूमिका रहनेछ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १२ : ३३ बजे

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको